१५ सय मिटरमा मुकेश र फूलमतिलाई स्वर्ण « Khabarhub

१५ सय मिटरमा मुकेश र फूलमतिलाई स्वर्ण


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फूलमती राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् । महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतीले स्वर्ण पदक जितेकी छन् । फूलमतीले विभागीय एपीएफको लागि एथ्लेटिक्सको पहिलो स्वर्ण जितिन् ।

फूलमतीले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । यस्तै, त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईले ४ मिनेट ४१ सकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितिन् । ५ मिनेट ०३.८० सेकेन्डमा निर्धारित दूरी पार गरेकी आर्मीकै रेखा लिम्बुले कास्य जितिन् ।

पुरुषतर्फको दौडमा त्रिभुवन आर्मी क्लबका मुकेशले स्वर्ण पदक जिते । मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे । एपिएफका अजित यादवले ३ मिनेट ५३.११ सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितेका छन् । नेपाल पुलिस क्लबका नागेश्वर अहिर ३ मिनेट ५६.५ सेकेन्डमा दूरी पार गर्दै कास्य जित्न सफल भए ।

महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्णपदक जितेकी छिन् ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १२ : ३७ बजे

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध

गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड

भैरहवा – नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई

सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं – जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई