अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गरिने  | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गरिने 


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ । यही असोज महिनाभित्र अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल, समन्वय र पत्राचार गरेको हो । विभागका महानिर्देशक इन्दु घिमिरेले सूचना, सञ्चार र प्रविधिको विकाससँगै हुलाक सेवाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डाँक सेवालाई पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

द्रुत डाँक सेवा, पार्सल-सामान वा मालवस्तु र चिठ्ठीपत्रको काम गर्दै आएको विभागले आन्तरिक द्रुत सेवाअन्तर्गत हवाईमार्गमार्फत काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, मोरङ, धनुषा, बारा, रूपन्देही, बाँके र कैलाली जिल्लामा एक दिनमा पर्वतः, स्याङ्जा, तनहुँ, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, कपिलवस्तु, नवलपरासी, चितवन, बर्दिया, सुर्खेत, कञ्चनपुर, मुगु, डोल्पा र जुम्लामा दुई दिन र बाँकी जिल्लामा तीन दिनमा सेवा प्रदान गर्दै आएको छ ।

नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदारप्रसाद प्रधानले हुलाकले अन्य कम्पनीले भन्दा सस्तो शुःल्कमा डाँक सेवा सञ्चालन गरेकाले विभागले प्रभावकारी रुपमा यसलाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । विभागलाई अझै प्रभावकारी र विश्वासिलो बनाउन हरेक गतिविधि पारदर्शी हुनुपर्ने उनको भनाइ थियो।

पूर्वसचिव भुवनेश्वर प्रधानले विभागलाई विश्वसनीय र भरपर्दो संस्थाको रुपमा विकास गर्न भ्रष्टाचारको अन्त्यसँगै कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।     विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत विशालराज गौतमले हुलाक सेवालाई प्रभावकारी बनाउन दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सुझाव दिए। हवाई मार्गबाट देशभित्रै डाँक ढुवानी गर्न यति एयरलाइन्स, नेपाल एयरलाइन्स, श्री एयरलाइन्स र बुद्ध एयरलाईन्ससँग सम्झौता गरिएको छ ।  

महानिर्देशक घिमिरेले नेपालको पुरानो, विश्वसनीय, जनमनमा बसेको संस्था हुलाक सेवालाई पुनःक्रियाशीलपुनर्जीवित बनाउने योजना सुनाए । व्यक्तिगत र संस्थागत इएमएस, पार्सल, चिठीपत्र हुलाकमार्फत ढुवानी गर्न केही सुधारका कार्य गर्ने विभागको योजना छ । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १२ : ५७ बजे

कांग्रेस महाधिवेशनका लागि दुई फरक प्रस्ताव, गगनलाई महेन्द्रको चुनौती 

काठमाडौं– नेपाली कांग्रेसको नियमित महाधिवेशनका लागि दुई फरक प्रस्ताव पेस

राष्ट्रपतिसँग महासचिव गुटेरेसको भेट

काठमाडौं–  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने

पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१८ लक्ष्मीनिया बस्ने धनेश्वर मण्डलको छोरा दुई वर्षीय ऋषि कुमार

बागलुङ-घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्ड ट्रयाक खुलेको

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं– कास्कीको पोखरा महानगरपालिका-३२ तल्लो गगनगौंडास्थित सडकमा बा.प्र.०३-००१ ज १११४ नम्बरको ईभि