देशको आवश्यकता अनुसार गठबन्धन कायम रहन्छ : डा. महत « Khabarhub

देशको आवश्यकता अनुसार गठबन्धन कायम रहन्छ : डा. महत


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेकाले देशको आवश्यकता अनुसार गठबन्धन कायम रहने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चुनावपछि पनि निरन्तर अघि बढ्ने पनि बताए । संविधानलाई संस्थागत रुपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिवद्धता रहेको उनको भनाई छ । महतले स्वार्थकेन्द्रीत भएर जसपा गठबन्धनबाट बाहिरिएको धारणा राखे । देशको बिकासस्थायीत्वका लागि गठबन्धनको सरकारले मुलुकलाई आगामी दिनमा अघि बढाउने उनको भनाई छ । 

त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले देशको आवश्यकता र देशको संविधानको रक्षाका लागि गठबन्धन जन्मिएको भन्दै अहिले पनि देशमा गठबन्धनको आवश्यक रहेको धारणा राखे । कांग्रेस माओवादी नमिले फेरी मुलुकमा प्रतिगमन गर्ने खतरा रहेको उनको भनाई छ ।

महराले अहिलेको गठबन्धनलाई २० वर्षसम्म पनि संगै अघि बढाउनुपर्ने धारणा राखे 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ५ : १८ बजे

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौं– राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ ।

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति

बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान

चितवन– डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा

सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हाम फालिन्

काठमाडौं– दोलखाको तामाकोशी पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको