७७ जिल्लामै फैलियो डेङ्गु, ४७ को मृत्यु « Khabarhub

७७ जिल्लामै फैलियो डेङ्गु, ४७ को मृत्यु


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आज ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ७६३ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या छ सय ६७ छ ।  नेपालमा हालसम्म १० लाख एक सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ लाख ८७ हजार चार सय ३८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । १२ हजार १८ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

आज ३० हजार आठ ७६ जनाले कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८४ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा लगाएका छन् । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ३३ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा