घरेलु उद्योग बन्दै आरन « Khabarhub

घरेलु उद्योग बन्दै आरन


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तानसेन– पाल्पाको वगनासकालीयम्घाका खिमबहादुर विश्वकर्माले बाली उठाउन छोडेको पाँच वर्ष भयो । खिमबहादुरले चापपानी-तानसेन सडकखण्डको छेवैमा घरेलु उद्योग सञ्चालन गर्न थालेका छन् । ‘हजुरबुबाको पालादेखि बालीघरमा काम गथ्र्यौ, बुबाको निधनपछि छोडियो’, खिमबहादुरले भने, ‘अहिले नगदमै कारोबार हुन्छ, श्रमको मूल्य पाएका छौं ।’

गाउँघरमा प्रयोग हुने हँसिया, कुटो, कोदालो, बञ्चरो जस्ता कृषि औजार तथा हतियारमा धार लगाउने जस्ता काम बालीघरे प्रथा अनुसार हुँदै आएका थिए । वर्षभरि औजारमा धारलगाएबापत दुई-तीनपाथी धान, चामल, मकै, कोदो लगायतका अन्न घरघर पुगेर उठाउँदै आउनुपरेको थियो । 

‘आँगनको डिलमा बसेर अन्न माग्नुपथ्र्यो’, खिमबहादुर विगत सम्झँदै भन्छन् ,’माग्न आयो जस्ता शब्द प्रयोग गर्थे ।’ श्रम गरेर पनि मगन्ते हुनुपर्दा दुःखलागेको खिमबहादुरले सुनाए । उनले गएको वर्षदेखि मासिक रु एक हजार पाँच सय तिर्नेगरी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

उनले काँचो फलाम खरिद गरी सीपको प्रयोगबाट नयाँ कृषि औजार र हतियार बनाउने गर्छन्। यहाँबाट हँसिया, कुटो, कोदालो, बञ्चरो, खुँडा, भाला जस्ता फलामका औजार तानसेन, बुटवललगायतका बजारमा बिक्री हुँदै आएका छन् । बगनासकाली– ९ चापपानीका टेकबहादुर विकले पनि बालीघरे प्रथा हटेपछि आरन पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउन थालेका छन् । 

विगत १६ वर्षदेखि फलामका घरेलु हतियारको काम गर्दै आएका टेकबहादुर दैनिक फलामका घरेलु हतियारमा धार लगाउने र नयाँ औजार बनाउने गर्छन्। मासिक रु ३५ हजार देखि ५० हजार सम्मको कारोबार गर्ने उनले बनाएका खुँडा, भाला जस्ता हतियार चाडवाडमा पशु बध गर्नका लागि विभिन्न क्षेत्रमा बिक्री हुने गरेका छन् । ‘दसैँमा मात्रै ५० हजारको बेचे, मन्दिर, कोटघर र घरायसी प्रयोगमा बढी बिक्री हुन्छ’, टेकबहादुरले भने, ‘१७ वर्ष हली भएर गोरु जोते, आरनलाई व्यावसायिक गर्न थालेपछि राम्रै कमाइ भएको छ, छोरोछोरी पढाउन समस्या परेको छैन् ।’ उँघरमा घाँस काट्ने हँसिया, धान काट्ने दँतिया, कोदालो, कोदाली, बञ्चरो, खुँडा, भालालगायत कृषि औजार र घरेलु हतियारको बढी प्रयोग हुँदै आएका छन् ।

जिल्लाको बगनासकाली, रिब्दीकोट, तिनाउ, रैनादवी गाउँपालिका लगायतका स्थानीय तहले परम्परागत आरनलाई व्यावसायिक बनाउन सहयोग गरेका छन् । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीका अनुसार स्थानीय तहले ‘ग्रेन्डर’, ‘वेल्डिङ’ जस्ता सामग्री र व्यवसाय स्थापना गर्न जस्ता पाता सहयोग गरेका छन् । परम्परागत आरनमा लागत मूल्य बढी पर्ने हुँदा फलाम काट्न र जोड्न सजिलोका लागि मेसिनरी सामग्री सहयोग गरिएको अध्यक्ष चिदीको भनाइ छ । 

यहाँका ३० बढी परिवारले परम्परागत आरन पेसा गर्दै आएका छन् । उनीहरुमध्ये २० जनाले व्यावसायिक घरेलु उद्योगको रुपमा आरन सञ्चालन गर्न थालेका छन् । तानसेन तथा बुटवल जस्ता सहरबाट कच्चा सामग्री ल्याएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ५३ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब