बङ्गुरपालनबाट वार्षिक पाँच लाख आम्दानी « Khabarhub

बङ्गुरपालनबाट वार्षिक पाँच लाख आम्दानी


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

म्याङ्लुङ– चिमले बारेको घर । घरको छेउछाउ साना–साना बङ्गुरका खोर । त्यही खोरमा बङ्गुरको स्याहारसुसार व्यस्त भेटिन्छन्  तेह्रथुमको म्याङलुङ – ३ कृषि टोल निवासी जोगबहादुर फागु । उनी ३० वर्ष अगाडि म्याङलुङमा नै रहेको गैह्रसरकारी संस्थामा काम गर्थे । संस्थामा काम गरिरहँदा पनि आफूलाई कृषि पेसा नै उत्तम लाग्ने गथ्र्यो फागुलाई । 

संस्थाको सुकिलोमुकिलो जागिर छोडेर अहिले उनी कृषि पेसामा रमाउन थालेका छन्  । पहिलेदेखि कृषि पेसामा रुचि राख्ने फागुले २०५२ सालदेखि व्यावसायिक रुपमा बङ्गुर पाल्न थाले।  दुई वटाबाट सुरु गरेको उनको फार्ममा अहिले ६० बङ्गुर छन् । उनले अहिले व्यावसायिक बङ्गुर पालनबाट आफ्नो जीवन गुजारा चलाउँदै आएका छन्। मेहनत गरेमा आफ्नै गाउँठाउँमा नै विभिन्न व्यवसाय गरेर विदेश वा जागिरमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उनी सबैका लागि उदाहरण बन्न थालेका छन् ।

उनले बङ्गुर पालेर नै आठ जनाको परिवार  धान्दै आएका छन्। उनी भन्छन् , ‘बङगुर पालेर छोराछोरीलाई राम्रो शिक्षा दिएको छु, घरखर्च चलाउन सहज भएको छ । यसबाट वार्षिक पाँच लाख आम्दानी हुन्छ ।’

 सानैदेखि बङ्गुरपालन गरेर आफ्नो जिन्दगी चलाउने उनको सोच थियो । आफू सानो हुँदा घरमा बङ्गुर पालेकाले आफूले यही पेसा गर्ने मनसाय राखेर बङ्गुरपालन गरिरहेको फागुले बताए ।

विदेशमा गएर पनि धेरै मेहनत र पसिना नबगाइ हुँदैन । धेरै दुःख पाइन्छ । भाषा बुझिँदैन त्यसैले आफ्नै देशमा पसिना बगाउनुपर्ने उनको धारणा छ । उनी  भन्छन्,  ‘विदेशमा माटो, पानी, बिरुवा सबै बाहिर देशबाट ल्याएर हराभरा बनाउँछन् । हाम्रोमा त प्रकृतिले नै सबै थोक दिएको  छ । अब कृषि र पशुपालन व्यवसायमा रुपान्तरण गर्न युवापुस्ताको खाँचो छ । ‘

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : ०८ बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४