ऐसेलुखर्क फैलियो भाइरल ज्वरो « Khabarhub

ऐसेलुखर्क फैलियो भाइरल ज्वरो


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

खोटाङ – ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बदेलमा भाइरल फैलिएको छ । दसैँ अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खाने लगायतका समस्या देखिने भाइरल फैलिएको हो । भाइरलले साबिकको बाकाचोल–२ र ३ मा पर्ने बदेलका अधिकांश घरका स्थानीय बिरामी परेको वडाध्यक्ष नन्दकुमार तामाङले बताए ।

भाइरलको बिरामी बढ्दै गएपछि स्वास्थ्यचौकी बाकाचोलसँगको समन्वयमा औषधिसहित स्वास्थ्यकर्मी लगेर बदेलमा उपचार शिविर सञ्चालन गरिएको छ । उपचार शिविरमा १०३ जनाको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको छ ।

गाउँभरी भाइरल फैलिएको खबर पाएकै भोलिपल्ट स्वास्थ्यकर्मी र औषधि लगेर उपचार शिविरको आयोजना गरिएको वडाध्यक्ष तामाङले बताए । कतिपय सिकिस्त अवस्थाका बिरामीलाई आफन्तले स्ट्रेचरमा बोकेर उपचार शिविरमा ल्याएका थिए । अधिकांश बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको स्वास्थ्यचौकी बाकाचोलका प्रमुख एचए दीपेन्द्र मगरले बताए ।

तीन दिनभित्र समस्याको हल नभए प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कसँगको समन्वयमा थप स्वास्थ्यकर्मी र औषधि सहित थप उपचार शिविर सञ्चालन गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : ४३ बजे

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति

लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको