मनसुन बाहिरिने क्रम सुरु « Khabarhub

मनसुन बाहिरिने क्रम सुरु


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नं १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो ।

‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ’, जारी बुलेटिनमा भनिएको छ । नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले आवश्यकताअनुसार विशेष मौसम बुलेटिन अद्यावधिक गर्ने पनि जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : ५० बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं