एमाले घोषणापत्रलाई अन्तिम रुप दिँदै « Khabarhub

एमाले घोषणापत्रलाई अन्तिम रुप दिँदै


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसदीय निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्षी नेकपा एमाले घोषणापत्रलाई अन्तिम रुप दिन केन्द्रित भएको छ ।

त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु शनिबार ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ पुगेका छन्। मस्यौदालाई अन्तिम रुप दिन ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाको सहयोग लिइरहेका छन्।

एमालेले तीन दिनभित्र घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रियता, सुशासन, समृद्धि, रोजगारी अभिवृद्धि, भ्रष्टाचार नियन्त्रणजस्ता विषयलाई मुख्य एजेन्डा बनाउँदै एमालेले निर्वाचन घोषणापत्रलाई अन्तिम रूप दिने तयारी गरेको बताइएको छ।

एमालेले २६ साउनमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो। अध्यक्ष ओलीको संयोजकत्वमा रहेको कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन्।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ५९ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको