दुई तिहाइको सरकारले काम गर्न सकेन– नेता पौडेल « Khabarhub

दुई तिहाइको सरकारले काम गर्न सकेन– नेता पौडेल


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले मंगलबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा परिणत भएको छ ।”

सरकारप्रति कडारुपमा प्रस्तुत भएका नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी गरे ।

उनले भने, “गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्छ ।” प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको नेता पौडेलले बताए ।

अर्को एक प्रसङ्गमा उनले पार्टीको केन्द्रीय समितिका पदाधिकारी र सदस्य वडा तहवाटै निर्वाचित भएर आउनुपर्ने बताए ।

महासमितिले निर्णय गरिसकेको भन्दै नेता पौडेलले केही साथीले वडा तहबाट चुनाव लड्न किन जाने भनेको भए पनि त्यो सम्भावना नरहेको बताए ।

नेता पौडेलले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समिति नरहेकाले पार्टीको विधानअनुसार नयाँ व्यवस्था गर्ने बताए ।

केन्द्रीय समितिले आफ्नो दायित्व पूरा गर्न नसकेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा विधानमा उल्लेख भएअनुसारको व्यवस्था गरिने धारणा व्यक्त गरे ।

नेता पौडेलले राजीनामा दिएको केन्द्रीय समितिका पदाधिकारीले मनलाग्दो ढङ्गबाट कोही कसैलाई पत्र लेखेर नियुक्त गर्न नसक्ने भन्दै पार्टीले लिने निर्णय नै अन्तिम हुने बताए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १ : ३५ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको