‘जनताका हक अधिकार र विकासलाई सम्बोधन गर्न संयुक्त गठबन्धन’ « Khabarhub

‘जनताका हक अधिकार र विकासलाई सम्बोधन गर्न संयुक्त गठबन्धन’


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा– पूर्व शिक्षा मन्त्री तथा नेपाली कांग्रेसका नेतृ चित्रलेखा यादवले गणतन्त्रको रक्षाको निम्ति संयुक्त गठबन्धन बनेको बताएकी छन् । सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

सिरहा क्षेत्र नं. २ का संयुक्त गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेद्वार समेत रहेकी यादव चुनावी अगुवा कार्यकर्ताको भेलामा जनताले प्राप्त गरेको उपलब्धीको रक्षा गर्दै जनताका हक अधिकार एवम् विकासलाई सम्बोधन गर्नका निम्ति संयुक्त गठबन्धनबाट उम्मेद्वारी दिएको बताइन् । 

नेकपा माओवादी केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आफू कुनै एउटा पार्टीको उम्मेद्वार नभएको बताउँदै विजयी हासिल गरेपछि संयुक्त गठबन्धन लगायत सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

प्रदेश सभा ‘ख’ का उम्मेद्वार बनेका नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका मदनसेन श्रीवास्तवले आफूलाई जिताउन आग्रह गर्दै यसअघि प्रदेश सभा सदस्य बन्दाको बखत भएका गल्ति सच्याउँदै आगामी दिनमा सबैसँग हातेमालो गरी जाने बताए । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ४२ बजे

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं – इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

सुनिल थापालाई सम्झिँदै प्रियंकाले भनिन् : सधैं मेरो कोच रहनुहुनेछ

काठमाडौं – बलिउड सुपरस्टार प्रियंकाले चोपरा नेपाली सिनेमाका अनुभवी कलाकार