महासङ्घ भक्तपुरका अध्यक्ष प्रजापतिको मुद्दा बदर « Khabarhub

महासङ्घ भक्तपुरका अध्यक्ष प्रजापतिको मुद्दा बदर


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट हटाउने नेपाल पत्रकार महासङ्घ, केन्द्रीय समितिको निर्णय उत्प्रेषणको आदेशले बदर गरिएको छ । 

शाखा अधिवेशनबाट निर्वाचित प्रजापतिलाई अध्यक्ष पदमा यथावत काम गर्न दिन सर्वोच्च अदालतले उत्प्रेषणको आदेश जारी गरेको हो । पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको विसं २०७९ वैशाख ८ गते काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यको भर्चुअल बैठकले पत्रकारलाई निर्वाचनमा भाग लिनबाट बञ्चित गर्ने उद्देश्यले महासङ्घका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्य उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतःमुक्त हुन जाने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध प्रजापति अदालत गएका थिए । 

महासङ्घका भक्तपुर शाखा अध्यक्ष प्रजापतिले २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचन चिन्ह वितरण नगर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तिम फैसला गर्दै महासङ्घविरुद्ध रिट जारी हुने आदेश गरेको हो । प्रजापतिका तर्फबाट अधिवक्ता लीलानाथ घिमिरे, विष्णु गिरी ‘निश्चल’ र दुर्गाकुमारी कोइरालाले बहस गरेका थिए भने विपक्षी पत्रकार महासङ्घलगायतका तर्फबाट अधिवक्ता भक्तिराम घिमिरे, अरुण पौडेल र देवराज कार्कीले बहस गरेका थिए । 

प्रजापतिले पत्रकार महासङ्घ केन्द्रीय समितिको निर्णयविरुद्ध महासङ्घ, महासङ्घका सभापति विपुल पोखरेल, नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखा, भक्तपुर शाखाका उपसभापति सुन्दर सिल्पकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

‘सर्वोच्चले गैरसरकारी संस्थाबाट विधान मिचेर निर्वाचित पदाधिकारीलाई हटाउन नपाउने नजिर स्थापना गरेको छ’, अधिवक्ता घिमिरेले भने , ‘विधानको व्याख्या गर्ने अधिकार महासङ्घ केन्द्रीय समितिलाई दिए पनि महासङ्घले विधानको आफूखुसी व्याख्या गर्न नपाउने भएको छ ।’

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  २ : २७ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक