‘लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक’ « Khabarhub

‘लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक’


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ निर्वाचन क्षेत्र नं २ को चुनावी प्रशिक्षणमा कार्यक्रममा उनले अहिले बनेको गठबन्धनले प्रजातन्त्रलाई स्थायित्व दिन आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले भने, ‘गठबन्धनमा सबै मिल्न आवश्यक छ, वर्तमान संविधानमा सबै अटाउने स्थान छ, एउटा दलले मात्र बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनलाई मिलाएर लैजान आवश्यक छ ।’ मुलुकमा लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्दै अघि बढाउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्तीले त्यसबेला सभामुखको जिम्मेवारी अत्यन्तै सुव्यवस्थित हिसाबले चलाउन सफल भएको घटना सुनाए ।

उनले भने, ‘ओनसरी जी सहासिक महिला हुनुहुन्छ, सभामुख हुँदा पार्टीभन्दा राष्ट्रको जिम्मेवारीलाई हेरेर काम गर्ने लोकतन्त्रवादी हुनुहुन्छ ।’ 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : २४ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको