बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ? « Khabarhub

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै नेपालमा दोषीलाई मृत्युदण्डको सजाय दिनुपर्ने आवाज उठिरहेको छ । यद्यपि नेपालको कानुनमा मृत्युदण्डसम्बन्धी प्रावधान छैन ।

नेपालको संविधान २०७२ को मौलिक हक र कर्तव्यसम्बन्धी धारा १६ को उपधारा २ ले नै मृत्युदण्डसम्बन्धी सजाय उन्मूलन गरेको छ । उक्त धारामा लेखिएको छ- ‘कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन ।’

कतिपय मुलुकमा यस्ता जघन्य अपराध गर्ने अपराधीहरूमाथि कडा कारबाही गर्न र महिलाहरूका लागि समाजलाई सुरक्षित बनाउन कडा कानुन र सजायको व्यवस्था गरिएको छ । विश्वका कुन मुलुकमा बलात्कारका अपराधीलाई कस्तो सजाय दिइन्छ ?

भारत : अप्रिल २०१३ को एन्टि-रेप बिल अनुसार अपराधीहरूलाई १४ वर्षदेखि आजीवन कारावास र गम्भीर प्रकृतिका घटनामा मृत्युदण्डसम्मको सजाय हुने प्रावधान छ ।

पाकिस्तान : सामूहिक बलात्कार, बाल यौन दुर्व्यवहार र बलात्कारका घटनामा मृत्युदण्डको सजाय दिइन्छ। त्यस्तै, महिलामाथि आक्रमण गर्ने र सार्वजनिक रूपमा शरीर प्रदर्शन गर्नेलाई पनि मृत्युदण्ड हुने कानुन छ ।

चीन : चीनमा बलात्कारीलाई मृत्युदण्ड दिने चलन छ । यद्यपि कतिपय घटनामा अपराधीलाई नपुंसक बनाउने सजाय पनि दिइन्छ ।

जापान : जापानमा बलात्कारको कसूरमा २० वर्षदेखि आजीवन कारावासको सजाय हुन सक्छ । यदि अन्य कुनै अपराधको क्रममा बलात्कार वा त्यससँग सम्बन्धित घातक घटना भएमा मृत्युदण्ड समेत हुन सक्छ ।

साउदी अरब : साउदी अरबमा बलात्कारीलाई बेहोस बनाएर सार्वजनिक स्थलमा टाउको काट्ने (शिरच्छेदन गर्ने) चलन छ ।

उत्तर कोरिया : उत्तर कोरियामा बलात्कारीहरूलाई फायरिङ स्क्वाडमार्फत मृत्युदण्डको सजाय दिइन्छ ।

इजिप्ट : इजिप्टमा पनि फाँसीको फन्दामा झुन्डाएर मृत्युदण्ड दिने कानुन प्रचलनमा छ ।

इरान : इरानमा बलात्कारीहरूलाई मृत्युदण्डको सजाय दिइन्छ । यसका लागि फासीमा झुण्ड्याउने गरिन्छ । कतिपय घटनामा भने ढुङ्गाले हानेर सजाय दिने गरिएको पाइन्छ ।

अमेरिका : अमेरिकामा सजायको प्रकृति राज्य वा संघीय कानुनअनुसार फरक हुन्छ । संघीय कानुनअन्तर्गतका मुद्दाहरूमा केही वर्षदेखि सम्पूर्ण जीवनभर जेल सजायसम्म हुन सक्छ ।

रुस : रुसमा सामान्यतया बलात्कारीहरूलाई ३ देखि ६ वर्ष जेल सजाय हुन्छ । यद्यपि अपराधको गम्भीरता हेरेर यो सजाय १० वर्षभन्दा बढी समयसम्म पनि हुन सक्छ ।

इजरायल : इजरायलमा बलात्कारको कसूर प्रमाणित भएमा १६ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्छ । यहाँ यौन दुर्व्यवहारका अन्य स्वरूपहरूलाई पनि बलात्कारकै दायरामा समेटिएको छ ।

फ्रान्स : फ्रान्समा बलात्कारका लागि १५ वर्षको सजाय तोकिएको छ, जुन अपराधको क्रूरता र क्षतिको मात्रा हेरेर ३० वर्ष वा आजीवन कारावाससम्म लम्बिन सक्छ ।

नर्वे : नर्वेमा आपसी सहमति बिनाको जुनसुकै यौनजन्य व्यवहारलाई बलात्कारको श्रेणीमा राखिन्छ । अपराधको गम्भीरता अनुसार अपराधीलाई ४ देखि १५ वर्षसम्म जेल सजाय हुन सक्छ ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ६ : ३२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित