डेङ्गुका बिरामी चार हजार भन्दा बढी | Khabarhub Khabarhub

डेङ्गुका बिरामी चार हजार भन्दा बढी


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा गत साउनदेखि हालसम्म डेङ्गुको सङ्क्रमणबाट चार हजार एक सय ३१ जना बिरामी भएका छन् । मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा डेङ्गुका बिरामी रहेको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । हेटौँडा उपमहानगरपालिकामा हालसम्म तीन हजार चार सय ७५ जनामा डेङ्गुको सङ्क्रमण भएको सो कार्यालयले जनाएको छ । 

जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेङ्गुका बिरामी बढी रहेको जनाइएको छ । डेङ्गुका बिरामी बढेसँगै हेटौँडा अस्पताल, निजी क्लिनिक तथा नर्सिङ होममा बिरामीको चाप अत्यधिक रहेको छ । डेङ्गुका गम्भीर बिरामीलाई भरतपुर तथा काठमाडौँका अस्पतालमा पठाउने गरिएको छ । 

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा बढी सहरी क्षेत्रमा पाइने गरेको छ । डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, आँखामाथिको भाग दुख्नेलगायतका समस्या देखिन्छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : ३७ बजे

गणतान्त्रिक शक्तिबीचको सहकार्य अपरिहार्य : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक

एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन

काठमाडौं– नेकपा एमालेका नेता एर्व पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको जिम्मेवारी :  देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा

दलीय स्वार्थबाट माथि उठ्न उपराष्ट्रपति यादवको अपिल

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले देश र आमनागरिकप्रति उत्तरदायी सरकार, संवैधानिक

बजेटमा पुँजीगत लाभकरलाई लिएर शेयर लगानीकर्ताका अपेक्षा र चिन्ता

काठमाडौँ – सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आज (बिहीबार)