जनतालाई भ्रममा नपार्न कांग्रेस नेता थापाको चेतावनी « Khabarhub

जनतालाई भ्रममा नपार्न कांग्रेस नेता थापाको चेतावनी


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कांग्रेसबाट प्रतिनिधिसभा भक्तपुर-२ का उम्मेदवार दुर्लभ थापाले चुनावको समयमा विकासको एजेन्डा उठाएर जनतालाई भ्रममा नपार्न एमालेका प्रतिस्पर्धी महेश बस्नेतलाई चेतावनी दिएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अन्य समयमा चुप लागेर बस्ने र चुनावका समयमा सधैं जसो साना-तिना विकासका एजेन्डा उठाएर मतदातालाई भ्रममा पार्ने काम गलत भएको बताए ।

नीति निर्माणको तहमा पुग्ने निर्वाचनलाई विकासको ललिपप बाँडेर चुनावी एजेन्डा बनाउनेलाई अब जनताले तह लगाउने भन्दै स्थानीय सरकारको काम विकासको मूल फुटाउने हो भन्ने हेक्का समेत नभएर चुनावी एजेन्डा उही पुरानै विकास गर्छौ भन्दै मत माग्नेलाई भक्तपुरका मतदाताले पाखा लगाउने थापाले बताए ।

आफ्ना प्रतिद्वन्द्वी बस्नेततर्फ संकेत गर्दै थापाले डनवाद, धनवाद र गनवादलाई प्रयोग गरेर निर्वाचन जित्ने दाउमा रहेकालाई ४ मंसिरपछि रुझेको बिरालो बन्नु पर्ने अवस्था आउने बताए ।  

माओवादीको बैशाखी टेकेर एक पटक जितेको धङ्धङी कांग्रेसले यसै पटक उतार्ने उनले बताए । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ५ : १७ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र