‘लोकतन्त्र र संविधान जोगाउन गठबन्धन’  « Khabarhub

‘लोकतन्त्र र संविधान जोगाउन गठबन्धन’ 


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरिएको बताएका छन् । जिल्लाको भानु नगरपालिका–६ स्थित सिम्पानीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न आवश्यकता देखिएकोले गठबन्धन गरी देशलाई निकास दिन लागेको बताए । 

‘मैले ल्याएका केही विकासका योजना अधूरा छन्’, उनले भने, ‘अधूरा काम पूरा गर्ने इच्छा रहेकाले तपाईँहरूको घरदैलोमा भोट दिनु भन्न आएको हुँ ।’ सहिदका बलिदानबाट प्राप्त भएका जनता अधिकारलाई कुण्ठित गर्ने प्रपञ्च रचिएको हुँदा त्यसको रक्षाको लागि खबरदारी गर्न गठबन्धन गरी अघि बढेको उनको भनाइ थियो । गाउँका युवा शक्तिलाई विदेशिनबाट रोक्नका लागि स्वदेशमा बसेर रोजगारी गर्ने अवसर दिने मुख्य लक्ष्य रहेको नेता पौडेलले बताए ।

गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य हरिबहादुर चुमानले गठबन्धन जनताले महसुस हुने गरी विकास निर्माणका काम गर्ने एजेण्डासहित मतदाताको घरदैलोमा आएको बताए ।

देशमा सुशासन कायम गर्न सकिए मात्रै प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न सकिने उनको भनाइ थियो । कांग्रेस एक्लैले दुई तिहाइको बहुमत ल्याउन नसक्ने हुँदा देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढ्न आवश्यक देखिएकाले सँगै हातेमालो गर्दै अघि बढेको नेता चुमानले बताए। 

गठबन्धनका उम्मेदवारहरूले कार्यकर्ता भेटघाट कार्यक्रमको तालिका बनाएर शुक्रबारदेखि तनहुँ क्षेत्र नं १ अन्तर्गतका विभिन्न पालिकाका वडा वडामा पुगेर घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ६ : १३ बजे

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बलेवा– मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड