राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश | Khabarhub Khabarhub

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – सर्वोच्च अदालतद्वारा रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्वाचन अधिकृत कार्यालयको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । राजुसँगै अन्य दुईजना स्वतन्त्र उम्मेदवारको मनोनयनसमेत आयोगले खारेज गरेको थियो ।

सर्वोच्चले निर्वाचन आयोग र उम्मेदवार गुरुङलाई छलफलका लागि बोलाएको छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ६ : ५४ बजे

अर्थमन्त्रीले आफैँसँग किन राखे ३३ प्रतिशत बजेट ?

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि अनुमानित

आईपीएल: पञ्जाबलाई हराउँदै आरसिबी नौ वर्षपछि फाइनलमा

काठमाडौं – रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) नौ वर्षपछि इन्डियन प्रिमियर

यस्ता छन् मुलुकको अर्थतन्त्रमा सरकारले देखेका चुनौती

काठमाडौं – सरकारले मुलुकको अर्थतन्त्रमा रहेको चुनौतीका बारेमा बुँदागत रुपमा

कमल थापाले भने : सत्ता स्वार्थले देशको राष्ट्रियता कमजोर बन्यो

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)का अध्यक्ष कमल थापाले

बजेटप्रति ऊर्जा व्यवसायी असन्तुष्ट, शेयर कारोबारी र उद्योगीले गरे स्वागत

काठमाडौँ –अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि