विपद्ले राजमार्ग बन्द भएपछि पाँच दिनको पैदल हिँडेर सुर्खेत « Khabarhub

विपद्ले राजमार्ग बन्द भएपछि पाँच दिनको पैदल हिँडेर सुर्खेत


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कर्णाली – ‘सोह्र वर्षअघि हिँडेको जुम्ला, कालीकोट र दैलख हुँदै सुर्खेत पुग्ने बाटो निकै बिरानो भइसकेको रहेछ । पत्ता लगाएर हिँड्न सफल भयौँ । यात्रा कठिन भयो तर त्यसले फरक अनुभूति गरायो,’ जुम्ला चन्दननाथ नगरपालिका–७ जुम्ला मिचा गाउँ निवासी धनवीर नेपालीले भने ।

उनी गएको शनिबार पाँच दिन लगाएर सुर्खेत पुगे । कात्तिक ६–१० गते काठमाडौँमा हुने विभिर्स इस्टर्न मण्डलीको महाभेलामा पुग्नका लागि नेपाली पैदल हिँडेर सुर्खेतमा पुगेका हुन् । असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कर्णााली राजमार्ग ठप्प भएपछि पैदल यात्रा हिँड्नु परेको उनले बताए । शक्ति र पहुँचवालाहरुको हवाइजहाज यात्रा हुँदा पहुँचविहीनहरु भने यतिबेला तल झर्न पैदल बाटो हिँडेरै कष्टकर यात्रा गरिरहेका छन् ।

नेपालीले जुम्लादेखि कालीकोटको गाल्जे, चिल्खाया, भलायपानी, पाद्मघाट, महावु लेक पार गरी दैलेखको ऊनपाटा, नाउली, महावसैनी, ओखरपाटा, छान्ना, औलजिरा, कालीमाटी, खुर्सानीबाडी, दैलेख बजार, चुप्रा, डुङ्गेश्वर, तालपोखरी, गाइबान्ना, गुराँसे हुँदै सुर्खेत पुगिएको बताए । बिरानो भइसकेका बाटोहरुमा उकालीओराली गर्दा कष्ट र फरक अनुभूति भए पनि गन्तव्य पु¥याउन ती बाटोहरु सहयोगी भएको उनको भनाइ थियो ।

त्यस्तै, तातोपानी गाउँपालिका–१ जुम्ला राँका गाउँ निवासी रत्न सार्कीले पनि पैदल यात्राबाटै सुर्खेत पुगे। नेपाली सेनाको नौ महिने तालिम रहेका उनलाई असोज २२ गते नै नेपालगञ्ज पुग्नुपर्ने थियो । अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि नेपालगञ्ज पुग्न समस्या भयो । हवाई जहाजको टिकट पाउने अवस्था नभएपछि हिँड्न बाध्य भएको सार्कीले बताए ।

जाजरकोट जिल्ला निवासी लोकेन्द्र रावलले असोज ४ गतेसम्म काठमाडौँ पुग्नपर्ने बाध्यता आइलागेपछि आजबाट पैदल यात्रा सुरु गरेको बताए । ‘जुम्लामा हामी जस्ता सामान्य वर्गलाई टिकट पाउने अवस्था नै छैन’, दुखेसो पोख्दै उनले भने, ‘राजमार्ग खुल्न अझ धेरै समय लाग्ने र प्लेन टिकट पनि नपाउने अवस्था भएपछि हिँड्नुको विकल्प देखेनौँ अनि पैदल यात्रा सुरु ग¥यौँ ।’

त्यसैगरी, काठमाडौँ यात्राका लागि सुर्खेतसम्मको पैदल यात्रामा हिँडेका जुम्ला चन्दननाथ नगरपालिका निवासी जगत नेपाली, पातारासी गाउँपालिकाका मुनबहादुर नेपाली र तातोपानी गाउँपालिकाका जनकबहादुर रावतले विगतमा हिँडेका बाटो पछ्याएर सुर्खेत पुग्ने गरी पैदल यात्रा सुरु गरिएको बताए । विगतमा कोभिड लागेर कमजोर बनेका पातारासी गाउँपालिकाका नेपाली भने पैदल यात्रका क्रममा लेक लाग्ने कुराले चिन्तित छन्।

कात्तिक ५ गते जापान फिर्तीको टिकट लिएर दसैँ मनाउन आफ्नो मातृभूमि पुगेका तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका लङ्कबहादुर शाही पनि पैदल यात्राको तयारी गर्दै छन्। उनी तीन वर्ष जापान बसेर नेपाल फर्किएका थिए। ‘घरमा पुगेर दसैँ राम्रो मनाउन त पाइएन नै । दुर्भाग्य भन्नुपर्छ, विपद्ले घरबारी सबै लगेको छ’, शाहीले भने, ‘अब गह्रुँगो मनसाथ परिवारलाई छोडेर कठिन यात्रा गर्दै विदेसिँदै छु ।’

प्राकृतिक विपद्को वितण्डाले कर्णाली प्रदेशमा विशेष गरी माथिल्लो कर्णालीका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा जनधनको ठूलो क्षति गराएको छ । कर्णाली राजमार्गअन्तरगत सुर्खेत–दैलेख सडकखण्ड खुले पनि कालीकोट–जुम्ला सडकखण्ड बाढी र पहिरोले तहसनहस भएको र खुल्न केही समय लाग्ने सडक डिभिजन कार्यालय जुम्ला डिभिजन प्रमुख राजीव श्रेष्ठले राससलाई जानकारी दिए।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १० : ४३ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र