तरकारी खेतीमा जलवायुमैत्री प्रविधि अपनाउँदै दैलेखका कृषक « Khabarhub

तरकारी खेतीमा जलवायुमैत्री प्रविधि अपनाउँदै दैलेखका कृषक


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दैलेख-जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँका कृषकहरू तरकारी खेतीमा आबद्ध छन् । यहाँका कृषकले जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा होमिएका हुन् । उक्त गाउँलाई जलवायुमैत्री नमुना गाउँ बनाउने अभियानमा समेत स्थानीय सक्रिय छन् ।

डिसिए नेपालको सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित ग्रिन कर्णाली परियोजना र युरोपियन युनियनको आर्थिक सहयोग तथा सोसेक नेपाल नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा सञ्चालित उत्थान परियोजनाले तरियाँका कृषकहरूलाई विभिन्न सहयोग गर्दै आएको छ ।

गाउँमा तरियाँ बेमौसमी तरकारी उत्पादन कृषक समूह गठन गरिएको छ । समूहमा १५ जना किसान आबद्ध छन् । सोसेक नेपालबाट यहाँका कृषकहरूलाई १० वटा फलामे पलाष्टिक घर र २० वटा कच्ची पलाष्टिक घर सहयोग उपलब्ध गराइएको उत्थान परियोजनाका कृषि प्राविधिक संगम बिस्टले बताइन् ।

उनका अनुसार कृषकलाई १५ वटा पहेँलो पासो, १५ वटा मोहनी पासो, २० वटा पलाष्टिक पोखरी, २० वटा हजारी, ३० वटा जैविक विषादी बनाउने पलाष्टिक ड्रम, २० वटा थोपा सिँचाइ, २० वटा दाँते, १५ वटा लिफ कलर चार्ट, ३० वटा पन्जा र २० जोर गार्डेन पाइप सहयोग गरिएको छ । स्थानीय ३० घरधुरीमा भकारो सुधार कार्यक्रम समेत कार्यान्वयन गरिएको छ ।

कृषि प्राविधिक बिस्टले तरियाँ गाउँलाई जलवायुमैत्री नमुना गाउँ बनाउन उत्थान परियोजना र ग्रिन कर्णाली परियोजनाबाट विभिन्न गतिविधि सञ्चालन गरिएको बताइन् । ग्रिन कर्णाली परियोजनाले गाउँमा हरित प्रवर्द्धनका लागि १५ जना कृषकलाई तीन सय कागतीका बिरुवा दिएको थियो ।

गाउँका कृषकहरू अहिले मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा हौसिएको स्थानीय कर्णबहादुर थापा बताउँछन् । गाउँमा तरियाँ बेमौसमी तरकारी उत्पादन कृषक समूहका अध्यक्ष समेत रहेका थापाले गाउँका सबै कृषकहरूले तरकारी खेती लगायतका गतिविधिमा जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाइरहेको बताए ।

समूहका सचिव जयबहादुर खड्काले कृषकहरूले टनेलमा तरकारी खेती गरिरहेको बताए । ‘भकारो सुधार कार्यक्रम कार्यान्वयन गरिएको छ,’ उनले भने, ‘हामीले नमुना गाउँ बनाउन जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाएका छौँ ।’

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ४६ बजे

रास्वपा कार्यकर्ताले झण्डा जलाएपछि एमालेले निकाल्यो राँके जुलुस, जलाइयो बालेनको पुत्ला (तस्बिरहरु)

काठमाडौं- रास्वपाका कार्यकर्ताले पार्टीको झण्डा जलाएको विरोधमा नेकपा एमालेका जनसंगठनहरुले

प्रधानमन्त्रीद्वारा प्रदेशको निर्वाचन सुरक्षा व्यवस्था सम्बन्धमा जानकारी

गण्डकी– प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ हुने निर्वाचनका सम्बन्धमा

जनताको जीवनस्तर सुधार्ने किम जोङ उनको वाचा

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको

गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले आज