निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर हटाउन निर्देशन « Khabarhub

निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर हटाउन निर्देशन


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर, तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।

निर्वाचन प्रचारका लागि ब्यानर, तुल, भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग भएको पाइएपछि आयोगले प्रमुख जिल्ला अधिकारीमार्फत् यस्तो निर्देशन दिएको हो ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले उम्मेदवारले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएकाले रोक्न भनिएको बताए । सम्बन्धित उम्मेदवारलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई उनले आग्रह गरे ।

सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन चुनाव चिह्नको प्रयोग भएको छ त्यही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : १२ बजे

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने