म्याराथन धाविका पुष्पा भण्डारी घाइते « Khabarhub

म्याराथन धाविका पुष्पा भण्डारी घाइते


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

पोखरा– म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार उनी खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन् ।

करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । ‘२० किलोमिटर पार गर्दै थिएँ, खुट्टा दुख्यो,’ उनले भनिन्, ‘पहिला वास्ता गरिनँ, पछि अरू १० किलोमिटर कुदेँ ,त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न सकिनँ ।’

उनलाई पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठोभन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पुष्पाले ११३ औँ साग गेममा २ घन्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी महिला म्याराथनमा पहिलो रजत पदक जितेकी थिइन् । उनी महिला म्याराथनतर्फ साग अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी हुन् । 

एपीएफ क्लबमा आवद्ध पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी भए पनि खुट्टामा चोट लागेका कारण आफ्नो सपना पूरा नभएको प्रतिक्रिया दिइन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : ४६ बजे

नेपालगन्ज नाकाबाट ५५ लाख किलो बढी जडीबुटी निर्यात

काठमाडौं– देशको प्रमुख नाका मानिने नेपालगन्जबाट गत आर्थिक वर्ष २०८१

पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच

काभ्रेपलाञ्चोक– यहाँको दुई वडामा खानेपानी आयोजना सम्पन्न भएका छन् ।

म्यानमारबाट भागेर बैंकक पुगेका ३७ नेपालीलाई काठमाडौं फर्काइयो 

बैंकक– नेपाली राजदूतावासले म्यानमारबाट भागेर थाइल्याण्ड पुगेका ३७ नेपालीको उद्धार

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

उदयपुर– ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्चुङबुङ गाउँपालिका-१ बाँसबोटे मिलनटोल

पाकिस्तानी सेनाको कारबाहीमा २३ आतंककारीको मृत्यु

एजेन्सी– पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतंककारी