प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीको विजयी सुरुवात « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीको विजयी सुरुवात


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा बैतडीले बझाङलाई छ विकेटले पराजित गर्दै विजयी सुरूआत गरेको हो ।

बझाङले दिएको १२२ रनले लक्ष्य बैतडीले १७ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । खेलमा दीपक बोहराले ४८, खडक बोहराले २६ र वीरेन्द्र नाथले नटआउट २४ रनको योगदान गरे ।

बझाङका अनिल थापाले तीन र सुशील रावलले एक विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको बझाङ ३८ ओभरमा १२१ रनमा अलआउट भयो । उसका गजेन्द्र भण्डारीले २९ र अनिल थापाले २५ रन बनाए ।

बैतडीका खडक बोहराले तीन, वसन्त खत्री र हिक्मत महराले दुई÷दुई विकेट झारे । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : १० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका