चुनावपछि पनि गठबन्धन कायमै रहन्छ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

चुनावपछि पनि गठबन्धन कायमै रहन्छ : मन्त्री श्रेष्ठ


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् ।

सत्तारुढ गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरूबीच रहेको गठबन्धन कायम रहने बताए । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ ख को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए ।

विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरूबीच बाम–लोकतान्त्रिक गठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबीच सहकार्य चुनावपछि पनि जारी रहने बताए । संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि आफूहरूले गठबन्धन बनाएको उनको भनाइ छ ।

जनताको समृद्धिको आकाङ्क्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले निरन्तररुपमा अघि बढाउने उनले बताए । काठमाडौँ ८ मा आफूले सुरु गरेका कयौँ परियोजना निरन्तरताका लागि आफू उम्मेदवार बनेको मन्त्री श्रेष्ठले बताएका थिए । विगतमा राष्ट्रियसभा निर्वाचनदेखि सुरु भएको गठबन्धन अभ्यास सफल हुँदै आएको बताउँदै उनले गठबन्धनका दलहरूबीच चुनावमा इमान्दारिता कायम हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : ५५ बजे

आज ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती

काठमाडौं – रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता

अमेरिकामा बाढीले १३ जनाको मृत्यु

टेक्सस – अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको

१७ वर्षपछि एकै फिल्ममा काम गर्दै अक्षय र सैफ

काठमाडौं – बलिउडका दुई नायक अक्षय कुमार र सैफ अली

पाँच प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल