रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त | Khabarhub Khabarhub

रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बर्लिन – जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि बर्खास्त गरिएको छ। अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई) को नेतृत्व गरेका थिए।

जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन्। गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको छ। तर, उनी तत्काल लागु हुने गरी सेवाबाट बर्खास्त गरेको पुष्टि गरेको छ।

बीएसआईको नेतृत्व गर्नुअघि स्कोनबोमलले साइबर सुरक्षा मामिलाहरूमा व्यापार र नीति निर्माताहरूलाई सल्लाह दिने एक निजी संघ, साइबर सुरक्षा परिषद जर्मनी स्थापना र सञ्चालन गर्न मद्दत गरेका थिए।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ०७ बजे

अलास्कामा पुटिनका लागि ‘रेड कार्पेट’, विमानस्थलको रनवेमै पुगेर स्वागत गरे ट्रम्पले

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा

ट्रम्पपछि पुटिन पनि वार्ताका लागि अलास्काको एंकरिजमा उत्रिए

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको विमान अलास्काको एंकरिजस्थित संयुक्त बेस

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा