सञ्चारकर्मीमाथि दुर्व्यवहार, कारवाही गर्न महासंघको माग « Khabarhub

सञ्चारकर्मीमाथि दुर्व्यवहार, कारवाही गर्न महासंघको माग


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिरहा– पत्रकार महासंघले भन्सार कार्यालय माडरमा पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव र ग्यालेक्सी फोकेका सिरहा संवाददाता विनय यादवमाथि भएको दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ । पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले बुधबार विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी दुर्व्यवहार घटनाप्रति खेद प्रकट गरेका हुन् ।

 सिरहामा भइरहेको अवैध तस्करी धन्दा र भन्सारका कर्मचारीले घुस लेनदेन गरी राज्यको राजस्व छली गरिरहेको विषयमा सञ्चारकर्मीद्वय मंगलबार समाचार संकलनका लागि माडरस्थित सिरहा भन्सार कार्यालयमा पुगेका थिए । यस विषयमा कार्यालयका प्रमुख रामराजाप्रसाद चौरसियासँग प्रतिक्रिया लिन खोज्दा उनले तथानाम गाली गर्दै प्रहरी बोलाएर थुनाइदिने धम्कीसमेत दिएका थिए ।

महासंघले स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई कार्यालयका प्रमुख जस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु अत्यन्तै दुःखद र अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको पेसागत सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायलाई महसंघले ध्यानाकर्षणसमेत गराएको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ५१ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा