एमाले बिना देशको विकास र समृद्धि सम्भव छैन : उपाध्यक्ष पौडेल « Khabarhub

एमाले बिना देशको विकास र समृद्धि सम्भव छैन : उपाध्यक्ष पौडेल


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले बिना देशको विकास र समृद्धि सम्भव नभएको बताएका छन् । 

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रूपन्देहीले आयोजना गरेको भेला तथा निर्वाचन परिचालन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सडक, सिँचाइ,  शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले बुझेकाले एमालेको जितलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

उपाध्यक्ष पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रूपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रीम प्रोजेक्ट अगाडि सारेको बताउदै ती प्रोजेक्टहरु अहिले कार्यान्वयन हुने चरणमा पुगेको बताए । उनले एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रूप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर एमालेको सरकार बनाउनुपर्नेमा जोड दिए। रूपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका उपाध्यक्ष पौडेलले देशभर एमालेको लहर चलेको मसार ४ को निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरे ।

उपाध्यक्ष पौडेलले एमालेलाई कतिपय पूर्वाग्रही विरोधीहरूले विकास विरोधी पार्टी भनेर कुप्रचार गरेको बताउँदै त्यस्ता भ्रमलाई चिर्न एमालेले गरेका कामहरूको प्रचार प्रसार आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : १८ बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८