संरक्षण कर्मचारीले कारको ‘रिभर्स’ गियर दबाएपछि जापानको सबैभन्दा पुरानो शौचालय क्षतिग्रस्त « Khabarhub

संरक्षण कर्मचारीले कारको ‘रिभर्स’ गियर दबाएपछि जापानको सबैभन्दा पुरानो शौचालय क्षतिग्रस्त


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकजना संरक्षण कर्मचारीले आफ्नो कारको ‘रिभर्स’ गियर दबाएपछि जापानको सबैभन्दा पुरानो शौचालयमा क्षति पुगेको छ ।

संरक्षण कर्मचारीले झुक्किएर आफ्नो कारको ‘रिभर्स’ गियर दबाएपछि जापानको क्योटो सहरस्थित टोफुकुजी मन्दिरमा रहेको ६ सय वर्ष पुरानो सार्वजनिक शौचालयको ढोकामा क्षति पुगेको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ ।

मन्दिरका प्रवक्ता कोउडोउ उनोले मन्दिरको ढोकामा क्षति पुगेको पुष्टि गरेका छन् । ‘यो शौचालय ऐतिहासिक सम्पदा हो, त्यसैले यसमा क्षति हुँदा हामी दुःखी भयौँ ।’ उनोलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

जेन बौद्ध मन्दिरमा रहेको उक्त शौचालयलाई ‘ह्याकुसेच्चिन’ अर्थात् ‘सय जनाको शौचालय’ उपनाम दिइएको छ । समाचारमा जनाइएअनुसार कुनै समय यस शौचालयमा १ सय जनाभन्दा धेरै भिक्षुहरुले शौच गर्ने गरेका थिए । यद्यपि यस शौचालयको क्षमता केबल ४० जनाको रहेको जनाइएको छ ।

मुरोमाची युग अर्थात् सन् १३३६ देखि सन् १५७३ को पूर्वार्द्धमा निर्माण गरिएको विश्वास गरिने यस शौचालय मेजी युग अर्थात् सन् १८८६ सम्म प्रयोगमा रहेको बताइएको छ । सन् १९०२ मा जापान सरकारले यस शौचालयलाई महत्वपूर्ण साँस्कृतिक सम्पदाको रुपमा वर्गीकरण गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ३८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज