अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका हौँ : नारायणकाजी श्रेष्ठ « Khabarhub

अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका हौँ : नारायणकाजी श्रेष्ठ


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित हुनुअघि आफूहरूले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका छन् ।

बुधबार माओवादी सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै श्रेष्ठले एमसीसी फेल गराउने सर्तमा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका हुन् । नेता श्रेष्ठले उक्त बैठकमा एमालेबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी भएको बताए । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र आफूसहितका केही नेताहरू सहभागी भएको उनले बताए ।

माओवादी एमसीसी फेल गर्ने पक्षमा भएपनि ओलीले विफल पार्न साथ नदिँदा व्याख्यात्मक टिप्पणीसहित पारित गरेको श्रेष्ठले बताए । आगामी चुनावमा पनि कम्युनिष्ट एकताका लागि आफूहरूले पहल गरेको भए पनि एमाले अध्यक्ष ओलीका कारण त्यो सफल नभएको उल्लेख गरे । 

त्यस्तै गठबन्धन दलभित्रको चुनावी तालमेल आफूहरूको इच्छा नभएर बाध्यात्मक परिस्थितिको उपज भएको बताए । उनले अहिलेको गठबन्धन संविधानको रक्षाका लागि बाध्यात्मक रुपमा बनाएको दाबी गरे । मुलुकको एजेन्डा र बिचारको हिसाबले  माओवादीभन्दा अर्को कुनै शक्ति नभएको श्रेष्ठले जिकिर गरे ।

त्यस्तै नेता श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्ड चितवनमा चुनाव हार्ने डरले गोर्खा आएको कुरा सत्य नभएको बताए । उनले अन्तिम समयमा प्रचण्डले गोरखाबाट चुनाव लड्ने निर्णय लिनुको कारण जनयुद्धको लिगेसीसँग जोडिएको बताए । जनयुद्ध सुरु गर्ने बेला केन्द्रीय कमिटीको तयारी बैठक गोरखामा भएको र जनयुद्ध सुरुवातको आवश्यक फौजी तयारी पनि त्यहीँ गरिएकाले प्रचण्डले गोर्खा रोजेको उल्लेख गरे ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ०० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको