टाटा मोटर्सद्वारा विद्युतीय गाडीको आपूर्तिमा वृद्धि « Khabarhub

टाटा मोटर्सद्वारा विद्युतीय गाडीको आपूर्तिमा वृद्धि


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हजार भन्दा बढी बुकिङसहित टाटा मोटर्स को सबै भन्दा मन पराइएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा तीब्र गतिमा बढिरहेको छ । टाटा मोटर्स को विद्युतीय गाडीको माग आन्तरिक बाह्य दुवै बजारमा वृद्धि भइरहेको छ । यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तिन चरण मार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ । नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको छ । यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ गरेर गाडी कुरिरहेका ग्राहकले धेरै समयसम्म प्रतिक्षा गर्नुपर्ने छैन ।

यसैगरी फोर्ड इन्डिया प्रा.लि. को सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता गरेको छ । प्राविधिक रूपले समुन्नत यसको प्रतिवर्ष ४,२०,००० इकाई विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ । कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्ल्याटफर्म अनुरूप विकास गर्नेछ । टाटा मोटर्सले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दैछ ।

टाटा मोटर्स ले नेपालमा नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको बिक्रीवितरण प्रारम्भ गरेको एक वर्ष सफलताका साथ पूरा गरिसकेको । चार्जिङ र ग्राहक सेवा सम्बन्धी वृहत पूर्वाधारसहित यी गाडीहरूले निरन्तर बजार विस्तार भइरहेको छ।

टाटा मोटर्स को नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिङ स्टेसन र १०० वटा स्लो चार्जिङ स्टेसनको स्थापना गरेको छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ४१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्