खोटाङमा रेमिट्यान्स व्यवस्थापन र सदुपयोगसम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु « Khabarhub

खोटाङमा रेमिट्यान्स व्यवस्थापन र सदुपयोगसम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेमिट्यान्स व्यवस्थापन र सदुपयोगसम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरेको छ । विदेशबाट भित्रिएको रकमलाई बचत गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र गराउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरिएको हो ।

नगरपालिकाले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वैदेशिक रोजगारीमा संलग्न परिवारका महिला सदस्यलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा सुरु गरेको हो ।

२१ हप्तासम्म सञ्चालन हुने वित्तीय साक्षरता कक्षामा २० देखि २५ जनाको चार वटा समूह सहभागी छन् । वित्तीय साक्षरता कक्षामा रेमिट्यान्सको सदुपयोग एवं व्यवस्थापन गर्दै उद्यमशीलता विकास, आय–आर्जनमा वृद्धि, व्यावसायिकता सँगै अन्य आर्थिक र व्यवहारिक विषयवस्तुमा छलफल भइरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) खोटाङका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिए ।
कक्षामा वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिमा पर्ने पिर, चिन्ता, हिंसा लगायतका मनोसामाजिक समस्यामा परामर्श समेत दिने व्यवस्था मिलाइएको छ ।

जिल्लाको हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकामा पनि वित्तीय साक्षरता कक्षा सञ्चालन हुँदैछ । हलेसी तुवाचुङ नगरपालिकामा दशैंअघिदेखि र केपिलासगढी गाउँपालिकामा वित्तीय साक्षरता कक्षा सञ्चालनको अन्तिम तयारी भएको कार्यक्रम संयोजक आचार्यले जानकारी दिए ।

सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम स्विस सरकार र नेपाल सरकारको संयुक्त कार्यक्रम हो । परियोजनाले वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र उपलब्धिमूलक बनाउने क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : ५० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको