विदेशी कम्पनीका लागि श्रीलङ्काको इन्धन बजार खुला « Khabarhub

विदेशी कम्पनीका लागि श्रीलङ्काको इन्धन बजार खुला


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काको संसद्ले स्थानीय इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अनुमति दिने कानून पारित गरेको छ ।

यो कदमले सन् १९६० को दशकको सुरुमा तेल कम्पनीहरूको राष्ट्रियकरणपछि पहिलो पटक अन्तर्राष्ट्रिय तेल कम्पनीहरूलाई श्रीलङ्कामा पुनः प्रवेश गर्न मङ्गलबारको निर्णयले मार्ग प्रशस्त गरेको छ ।

यद्यपि भारतीय आयल कर्पोरेसनले सन् २००३ देखि नै त्यहाँ इन्धन आपूर्तिका लागि अनुमति पाउँदै आएको थियो । निर्णय अनुसार इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अहिलेका लागि कम्तीमा एक बर्षको अनुमति प्रदान गर्नेछ ।

“यसले विश्वव्यापी आपूर्तिकर्ताहरूलाई खुद्रा इन्धन वितरकका रूपमा प्रवेश गर्न अनुमति दिनेछ,” ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले भने । यसले ऊर्जा क्षेत्रमा उदारीकरण गर्नेछ ।

अधिकारीहरूका अनुसार निजी कम्पनीहरूले आफ्नै विदेशी विनिमय भण्डारबाट तेल आयातका लागि वित्तपोषण गर्नुपर्नेछ र आफ्नो मुनाफालाई कम्तिमा एक वर्षको लागि श्रीलङ्कामा नै राख्न सहमत हुनुपर्नेछ ।

इन्धनको चरम अभाव र कडा वितरणको वाध्यकारी अवस्था भएको श्रीलङ्कामा इन्धन आयातका लागि सरकारसँग विदेशी मुद्रा अभाव रहेकाले नयाँ कानून पारित गरिएको हो ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएयताको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले जुलाईमा अपदस्थ राष्ट्रपति गोटाबाया राजापाक्षको विरोधमा व्यापक विरोध प्रदर्शन गरेको थियो । आन्दोलनका कारण तत्कालिन राष्ट्रपति राजापाक्षले पदबाट राजिनामा दिनुपरेको थियो ।

श्रीलङ्काले सन् १९६० को दशकको सुरुमा विदेशी तेल कम्पनीहरूलाई राष्ट्रियकरण गरेको थियो र सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) लाई एकाधिकार सुम्पेको थियो ।

सन् २००३ मा कोलम्बोले भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसनलाई स्थानीय खुद्रा बजारमा प्रवेश गर्न अनुमति दिएर सीमित प्रतिस्पर्धा सुरु गरेपछि सीपीसीको एकाधिकार समाप्त भएको थियो ।

भारतीय कम्पनीको श्रीलङ्का शाखाले अहिले घरेलु इन्धन बजारको लगभग एक तिहाइ हिस्सा आफ्नो नियन्त्रणमा राखेको छ भने बाँकी हिस्सा सीपीसीको नियन्त्रणमा छ ।

सीपीसीले हाल ठूलो घाटा बेहोरिरहेको छ र नयाँ आयातका लागि भुक्तानी गर्न डलरको अभावको सामना गरिरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ४३ बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका