घरबहाल कर अब महानगरले नै उठाउने « Khabarhub

घरबहाल कर अब महानगरले नै उठाउने


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विराटनगर – संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ।

विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए।

यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो। संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ। प्रमुख कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गरे।

विराटनगर महानगरले अझैसम्म पनि सोचेजस्तो घर बहाल कर उठाउन सकेको छैन। अन्तक्र्रियामा वडाध्यक्षहरुले आफ्ना वडामा ठूल–ठूला व्यावसायिक फर्म भए पनि आफूहरुले कर सङ्कलन गर्न नसकेको सुनाए। धेरै व्यवसायी करको दायराभन्दा बाहिर रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले महानगरको विकासका लागि कर सङ्कलनमा कठोर बन्नुपर्नेमा जोड दिएका छन्।

सो अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख डा डिवी क्षेत्री र कर अधिकृत विमल पौडेलले स्थानीय तहले लिनसक्ने करका किसिम र करको सदुपयोगका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कर सङ्कलनका लागि महानगर र आन्तरिक राजस्व कार्यालय एकअर्काका परिपूरक भएकाले आगामी दिनमा दुवै निकायबीच समन्वय गरेर अगाडि बढ्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ६ : ३० बजे

बङ्गलादेशमा दादुराका कारण ३११ बालबालिकाको मृत्यु

ढाका – बङ्गलादेशमा मार्चदेखि हालसम्म दादुरा सङ्क्रित ३११ बालबालिकाको मृत्यु

इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।