‘छैटौँ कमान्ड तथा स्टाफ कोर्ष’ मा डीएसपी गैरे सर्वोत्कृष्ट « Khabarhub

‘छैटौँ कमान्ड तथा स्टाफ कोर्ष’ मा डीएसपी गैरे सर्वोत्कृष्ट


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बलमा सञ्चालित छैटौँ कमान्ड तथा स्टाफ कोर्षमा प्रहरी नायव उपरीक्षक सुरेश गैरेले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन्।

१८ महिने आवासीय कोर्ष प्रहरी संगठनको महत्वपूर्ण तथा उच्चस्तरीय तालिमअन्तर्गत पर्दछ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नातकोत्तर तहको सुरक्षा विकास र शान्ति अध्ययन विषयक सो कोर्षका लागि १० जना छनोट भएका थिए। व्यावसायिक र एवं अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय महत्वका विषय, सुरक्षा, विपद् व्यवस्थापन, कानुन, द्वन्द्व व्यवस्थापन, अर्थशास्त्रदेखि परराष्ट्र नीतिलगायतका विषयमा तालिम अवधिभर प्रयोगात्मक र सैद्धान्तिक सिकाइका कार्यक्रम सञ्चालन गरिएको थियो। प्रहरी संगठनको नेतृत्व निर्माणका लागि यो तालिम निकै महत्वपूर्ण मानिन्छ।

संगठनमा प्रतिभाशाली गैरेले यसअघि सशस्त्र प्रहरी संगठनकै तर्फबाट अमेरिकाबाट आतंकवादविरुद्धको रणनीति विषयमा स्नातकोत्तर गरेका थिए। सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, त्रिविका डिन प्राध्यापक डा. कुसुम शाक्य नेपाल प्रहरी, नेपाली सेनालगायतका उच्चस्तरीय अधिकारी सम्मिलित दीक्षान्त समारोहमा डीएसपी गैरे दीक्षित भएका हुन्।

सुरेश गैरे नेपाली सांगीतिक क्षेत्रमा पनि परिचित नाम हो। यहाँ देशको छ चिन्ता, मर्ने कसैलाई रहर हुँदैनलगायत ३५० भन्दा बढी गीतमा उनले संगीत भरेका छन्।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ११ : ०६ बजे

इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त