नवौं राष्ट्रिय खेलकुद : हालसम्म नेपाल प्रहरीलाई ५८ स्वर्ण « Khabarhub

नवौं राष्ट्रिय खेलकुद : हालसम्म नेपाल प्रहरीलाई ५८ स्वर्ण


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले ५८ स्वर्ण, ५२ रजत र ५६ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको छ।

नेपाल प्रहरीले भारोत्तोलनमा १२ स्वर्ण र ७ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र ५ कास्य, जुडोमा ६ स्वर्ण, ३ रजत र ८ कास्य, टेबल टेनिसमा ६ स्वर्ण, २ रजत र १ कास्य प्राप्त गरेको हो।

यस्तै एथलेटिक्समा २ स्वर्ण, ४ रजत र ४ कास्य, ब्याडमिन्टनमा २ स्वर्ण, २ रजत र २ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्याक्ट करातेमा १ स्वर्ण, १ रजत र ३ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य पनि प्रहरीका खेलाडीले हात पारेका छन्।

शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, सुटिङमा १ स्वर्ण, १ रजत र ३ कास्य, आर्चरीमा १ स्वर्ण, २ रजत र १ कास्य, बक्सिङमा १ स्वर्ण, १ रजत र १ कास्य, महिला भलिबलमा १ रजत, बुद्धिचालमा ३ रजत, लन टेनिसमा १ रजत र २ कास्य, ट्रायथलनमा १ रजत र १ कास्य, तथा आईटिएफ तेक्वान्दोमा ४ कास्य प्रहरीले जितेको छ।

नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ २२ स्वर्ण, २४ रजत र ३० कास्य, पुरूषतर्फ ३४ स्वर्ण, २५ रजत र २५ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्न सफल भएका छन्।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  १२ : १७ बजे

इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त