चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता « Khabarhub

चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ट श्रेणी (ए क्याटागोरी) को मान्यता प्राप्त गरेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी)ले उक्त मान्यता प्रदान गरेको हो । राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने सिएमसी पहिलो हो ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी राजधानी बाहिर र मेडिकल कलेजमध्ये आफू पहिलो रहेको दाबी गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले  नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार ‘ए’ ग्रेडको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मान्यता पाएको बताए ।

प्रयोगशालाले विशिष्ट श्रेणीको पूर्ण सुरक्षित भवन र त्यसभित्र आवश्यक पर्ने नमूना संकलन, प्रतीक्षालय, बैठक कक्ष, कार्यालय क्षेत्र, भण्डार, शौचालयलगायतको व्यवस्था गरेको छ । न्यूनतम ३० मध्ये ५० प्रतिशत जनशक्ति स्नातक अथवा सोभन्दा माथिको योग्यताको हुनुपर्ने प्रावधान रहेको भए पनि सिएमसी प्रयोगशालामा तोकिएभन्दा बढी दक्ष जनशक्ति रहेको उनले बताए । सो मेडिकल कलेजले यसअघि नै आइएसओ १५१८९ः२०१२ प्राप्त गरिसकेको छ । देवकोटाले उच्च गुणस्तरको प्रयोगशालाका लागि चितवन तथा छिमेकी जिल्लाबाट राजधानी र विदेश जान नपर्ने गरी व्यवस्थापन गरिएको बताए । उनका अनुसार नेपालमा हुने सबै खालका परीक्षण यहाँ गर्न सम्भव छ ।

विशिष्ट श्रेणीको प्रयोगशालाको हैसियतले सिएमसी प्रयोगशालाले अन्य प्रयोगशालामा नहुने विशिष्ट जाँच पनि यसअघिदेखि नै गर्दै आएको छ । अब यहाँ परीक्षण हुन नसकेर नमूना विदेश नमूना पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सिएमसी प्रयोगशालामा यसअघि नै हरेक परीक्षण स्टान्डर्ड ओपरेटिङ सिस्टम (एसओपी) अनुसार र गुणस्तर म्यानुअलअनुसार परीक्षण गर्ने भएकाले यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रयोगशाला प्रमुख सञ्जयराय यादवले बताए । उनले भने, ‘प्रयोगशाला स्वाथ्य सेवाको अभिन्न अङ्ग हो । प्रयोगशालाको नतिजाका आधारमा नै रोगको पहिचान र उपचार सहज हुन्छ ।’

अस्पतालका निर्देशक डा दयाराम लम्सालले प्रयोगशाला उच्च गुणस्तरको नहुँदा बिरामीलाई उपचारमा कठिनाइ हुने भएकाले ठूलो लगानीमा विशिष्ट किसिमको प्रयोगशाला आफैँले बनाएको बताए । उनले भने, “राजधानी बाहिर यस्तो प्रयोगशाला अन्यत्र छैन, राजधानीमा हुने सबैखाले परीक्षण हामी गर्छौँ ।” अन्य अस्पताल र प्रयोगशालालाई पनि यो प्रयोगशाला उपयोगी हुने उहाँको भनाइ छ । देशभरकै मेडिकल कलेजमा धेरै बिरामी उपचार गर्ने अस्पतालका रूपमा चितवन मेडिकल कलेजलाई चिन्ने गरिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  १ : २० बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।