सडक मर्मत नहुँदा सामग्री ढुवानीमा खच्चडकै सहारा « Khabarhub

सडक मर्मत नहुँदा सामग्री ढुवानीमा खच्चडकै सहारा


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्न खच्चडकै सहारा लिनुपरेको छ । हप्ता दिनसम्म आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएपछि यहाँका ग्रामीण सडक मर्मत हुन सकेका  छैनन् ।

जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनीचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा बढी समस्या देखिएको छ । सडक ठाउँ-ठाउँमा भत्किएका कारण पैदलयात्रा गर्नसमेत मुस्किल हुँदै गएको छ । तत्काल सडक सञ्चालन गर्नका लागि नदीमा पानीको मात्रा कम नभएकाले डोजर लैजान सक्ने अवस्थासमेत नरहेको बताइएको छ । 

भेरी करिडोरबाट जाजरकोट–जुम्ला जोड्ने सडक, कालिमटी–बारेकोट, खलङ्गा–कुशे सडक र बारेकोट, पश्चिम छेडाबजार जुनीचाँदे जोड्ने सडकमा समेत समस्या आएको छ । यी सबै ठाउँमा घोडा, खच्चड र स्थानीयवासी आफैँले बोकेर सामग्री लैजानुको विकल्प अर्को नभएको सर्वसाधारण बताउँछन् । सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामग्रीसमेत महँगिएको बताइएको छ । 

बाटो अवरुद्ध भएसँगै निर्माण सामग्री लैजानसमेत समस्या भएको बताएको छ । बारेकोट गाउँपालिकाको बीचमा रहेको नलगाड नदीमा पुल नहुँदा सबैभन्दा बढी बारेकोट गाउँपालिकामा खच्चडकै भरमा विभिन्न सामग्री लिनुपरेको नायकबाडाका प्रेम शाहीले बताए । तिहार नजिकिँदै गर्दा गाडीमा गाउँ, गाउँमा पुग्ने सर्वसाधारणको सपना पूरा नहुने भएको छ । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  २ : ०१ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।