एथलेटिक्समा एपिएफका शिवराज र लुम्बिनी प्रदेशकी निशाले जीते स्वर्ण « Khabarhub

एथलेटिक्समा एपिएफका शिवराज र लुम्बिनी प्रदेशकी निशाले जीते स्वर्ण


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् । 

पोखरा रङ्गशालामा बिहीबार सम्पन्न दौडमा पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक हात पारे भने त्रिभुवन आर्मी क्लबका युवराज विकले २२.५० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । एपिएफकी रमिताकुमारी थारूले २५.९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते । त्यस्तै एथलेटिक्सअन्तर्गत पाँच हजार मिटर दौडमा एपिएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । दौडमा निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण पदक हात पारेका हुन्  । यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक जिते  भने त्रिभुवन आर्मीका मुकेश पालले निर्धारित दूरी १४ मिनेट ३६ दशमलव ६० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते । 

त्यस्तै एथलेटिक्सको ४ गुणा ४०० रिलेमा त्रिभुवन आर्मी क्लबले महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको पुरुषतर्फ सोमबहादुर कुमाल, रामप्रसाद थारू, जीवन चौधरी र प्रकाश दनुवारसम्मलित आर्मीले ३ मिनेट १८.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेको हो । निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपाली सम्मिलित एपीएफले ३ मिनेट २५.८२ सेकेन्डको समय निकाल्दै रजत जितेका छन् ।

अमृत बोट, सहन चन्द्र शाह, टेकबहादुर कार्की र अरुण महतो थारु सम्मिलित पुलिसले ३ मिनेट २९.३५ सेकेन्डको समय निकाल्दै कास्य पदक जितेको छ । महिलामा स्वर्ण जितेपनि एपीएफ अयोग्य हुँदा आर्मीले स्वर्ण पदक पाएको छ । एपीएफका खेलाडीले ५०० मिटर भन्दा अगाडि नै लेन परिवर्तन गरेपछि एपीएफ अयोग्य भएको हो । सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मिलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।

निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मिलित लुम्बिनीले ४ मिनेट १४.८० सेकेन्डको समय निकाल्दै रजत जितेको छ । अन्जु खड्का, राजीना दुलाल, स्वगता खाइजु, सन्तोषी श्रेष्ठ सम्मिलित बागमतीले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कास्य जितेको छ । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बन्न सफल भयो ।  

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  २ : ०८ बजे

इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त