स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता श्रेष्ठ | Khabarhub Khabarhub

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता श्रेष्ठ


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनीत फिल्म ‘महापुरुष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे। ‘मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जबर्जस्ती नै काममा व्यस्त बनाउँछु’, अभिनेता श्रेष्ठले भने । महापुरुष नेपाली चलचित्र भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ । 

उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्छन् । यद्यपि महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहेका । ‘बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिशृङ्खलाबाट निर्देशनको सुरुआत गरेका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ’, अभिनेता श्रेष्ठले भने ।

लेखकसँगै निर्देशकसमेत रहेका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिए । ‘काठमाडौँमै छायांकन हुने भएकाले उनको सुविधाअनुसार अभिनय गराएको हुँ । मदन दाइ र हरि दाइ मेरा लागि स्कुल हुनुहुन्छ । उनीहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ’, निर्देशक भट्टराईले भने।

उनीहरूले यस अगाडि  ‘शत्रु गते’ मा काम गरेका थिए । पत्रकार सम्मेलनमा हास्यकलाकार एवम् अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गरे । ‘मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ । यसअगाडिका फिल्महरूझैँ यसमा पनि उनी जोडिँदा धन्य भएको छु’, अभिनेता आचार्यले भने । फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ३ : ४५ बजे

एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित 

काठमाडौं– नेकपा एमाले कपिलवस्तुको १०औं जिल्ला अधिवेशनबाट बाबुराम खनाल जिल्ला

बजेट अभावले सुदूरपश्चिमका ठूला योजना प्रभावित

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र पहुँचमार्गको काम

अब खेलकुदमा दौडिन्छ कर्णाली : मुख्यमन्त्री कँडेल

काँक्रेबिहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिए मात्र

राजनीतिक अस्थिरताले विकास निर्माणका काम हुन सकेनन् : ओली  

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक

महानगरले अवरोध गरेको भन्दै कवाड व्यवसायीले प्रधानमन्त्री गुहारे

काठमाडौं– कवाड व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरूको व्यवसायमा काठमाडौं महानगरपालिकाले