१५औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी सुरु « Khabarhub

१५औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी सुरु


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट ललितपुरमा सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्पमेला सुरु भएको हो ।

प्रदर्शनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए ।

मेलामा करिव ८० लाखको कारोबार हुने अपेक्षा रहेको उनले बताए । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने बताइएको छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा बिरुवासमेत प्रदर्शनीमा राखिएको छ । अहिले फूल व्यापारको अवस्था उत्साहजनक रहेको र उत्पादनको तथा बिक्री पनि बढ्दै गएको एशोसिएसनका अध्यक्ष तामाङले बताए।

कोरोनाअघि पौने तीन अर्बकाे वार्षिक कारोबारको आँकडा रहेपनि कोरोनाका बेला १ अर्ब ६३ करोडमा व्यापार झरेको तामाङको भनाई छ । त्यसपछि भने अघिल्लो आर्थिक वर्षमा २ अर्ब बढिको कारोबार भएको र अहिले कारोबार बढ्दै गएको उनले बताए ।

गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसन जनाएको छ । पुष्प मेला आइतबारसम्म चल्नेछ ।

 

 

 

 

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ४ : १२ बजे

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा