१५औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी सुरु | Khabarhub Khabarhub

१५औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी सुरु


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट ललितपुरमा सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्पमेला सुरु भएको हो ।

प्रदर्शनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए ।

मेलामा करिव ८० लाखको कारोबार हुने अपेक्षा रहेको उनले बताए । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने बताइएको छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा बिरुवासमेत प्रदर्शनीमा राखिएको छ । अहिले फूल व्यापारको अवस्था उत्साहजनक रहेको र उत्पादनको तथा बिक्री पनि बढ्दै गएको एशोसिएसनका अध्यक्ष तामाङले बताए।

कोरोनाअघि पौने तीन अर्बकाे वार्षिक कारोबारको आँकडा रहेपनि कोरोनाका बेला १ अर्ब ६३ करोडमा व्यापार झरेको तामाङको भनाई छ । त्यसपछि भने अघिल्लो आर्थिक वर्षमा २ अर्ब बढिको कारोबार भएको र अहिले कारोबार बढ्दै गएको उनले बताए ।

गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसन जनाएको छ । पुष्प मेला आइतबारसम्म चल्नेछ ।

 

 

 

 

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ४ : १२ बजे

डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारीको जित

पोखरा–  फेवातालमा आइतबार भएको दोस्रो राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ

अछाममा भारतको सवा तीन करोड लगानीमा बनेको विद्यालय भवन उद्घाटन

अछाम– भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनामध्ये

फेवाको साँधमा गाडियो थप आठ पोल

पोखरा-सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल सिमाङ्कनको कार्य जारी रहेको छ ।

बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा