दुवाथलनमा पुरुषतर्फ पुलिसलाई र महिलामा आर्मीलाई स्वर्ण  « Khabarhub

दुवाथलनमा पुरुषतर्फ पुलिसलाई र महिलामा आर्मीलाई स्वर्ण 


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुवाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । पाँच किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्बूले एक घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् ।

यसैगरी निर्धारित दूरी एक घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी ईन्द्रकला नेम्वाङले स्वर्ण पदक हात   पारिन् । पुरुषतर्फ आर्मीका मनबहादुर थापा मगरले निर्धारित दूरी एक घण्टा एक मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दूरी एक घण्टा सात मिनेट ३४ सेकेन्डमा पार गर्दै कास्य पदक जित्न सफल भए ।

महिलातर्फ एपिएफका अनिता राईले निर्धारित दूरी एक घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत पदक हात पारिन् भने आर्मीकी हेमा चौधरीले निर्धारित दूरी एक घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै कास्य पदक जित्न सफल भइन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ५ : ०८ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी