पुरुष भलिबलमा एपीएफलाई स्वर्ण « Khabarhub

पुरुष भलिबलमा एपीएफलाई स्वर्ण


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको स्वर्ण सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जितेको हो । 

खेलमा एपिएफले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेकामा दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपिएफले २७-२५ ले बाजी मा¥यो । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपिएफले तेस्रो सेट पनि २६-२४ जित्दा आर्मीले रजतमा चित्त बुझायो ।

एपीएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभसमेत कमजोर हुँदा अंक बटुल्न सफल भएको बताए । उनले भने, ‘हरेकजसो प्रतियोगितामा पुलिस वा आर्मीसँग नै फाइनलमा भिड्थ्यौँ । आर्मीको खेल नराम्रो भन्न मिल्दैन । हाम्रो ब्लक र डिफेन्स बलियो हुँदा यसपल्ट आर्मीको दबदबालाई तोडेर जित हात पार्न सफल भयौँ ।’

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपिएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपिएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो ।

यसअघि छैटौँ राष्ट्रिय खेलकुदमा एपिएफले स्वर्ण जितेको थियो । नवौँमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपिएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो । कास्य पदकका लागि आज नै भएको प्रतिस्पर्धामा पुलिसले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेट २६-२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो ।

पुलिसले दोस्रो र तेस्रो सेट क्रमशः २५-१४२५-१८ ले आफ्नो पक्षमा पारेर कास्य हात पार्‍यो । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी थिए । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ५ : ५३ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी