पुरुष भलिबलमा एपीएफलाई स्वर्ण « Khabarhub

पुरुष भलिबलमा एपीएफलाई स्वर्ण


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको स्वर्ण सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जितेको हो । 

खेलमा एपिएफले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेकामा दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपिएफले २७-२५ ले बाजी मा¥यो । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपिएफले तेस्रो सेट पनि २६-२४ जित्दा आर्मीले रजतमा चित्त बुझायो ।

एपीएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभसमेत कमजोर हुँदा अंक बटुल्न सफल भएको बताए । उनले भने, ‘हरेकजसो प्रतियोगितामा पुलिस वा आर्मीसँग नै फाइनलमा भिड्थ्यौँ । आर्मीको खेल नराम्रो भन्न मिल्दैन । हाम्रो ब्लक र डिफेन्स बलियो हुँदा यसपल्ट आर्मीको दबदबालाई तोडेर जित हात पार्न सफल भयौँ ।’

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपिएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपिएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो ।

यसअघि छैटौँ राष्ट्रिय खेलकुदमा एपिएफले स्वर्ण जितेको थियो । नवौँमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपिएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो । कास्य पदकका लागि आज नै भएको प्रतिस्पर्धामा पुलिसले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेट २६-२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो ।

पुलिसले दोस्रो र तेस्रो सेट क्रमशः २५-१४२५-१८ ले आफ्नो पक्षमा पारेर कास्य हात पार्‍यो । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी थिए । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ५ : ५३ बजे

इरानी क्षेप्यास्त्र आक्रमणपछि यूएईले भन्यो : खतरा नियन्त्रणमा छ

काठमाडौं – मध्यपूर्वमा इरान र अमेरिकाबीच भएको युद्धविरामपछि पुनः तनाव

इरानद्वारा पुनः हमला सुरु, अबुधाबीमा विस्फोटको आवाज सुनियो

काठमाडौं – सोमबार इरानले पुनः क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ

जातीय विभेदविरुद्ध ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन

काठमाडौं – दलित समुदायलाई कोठा भाडामा नदिएको भन्दै त्यसविरुद्ध दीपा

एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं – सर्वोच्च अदालतले एकल महिला (विधवा)ले अर्को विवाह गरेमा

कर्णाली प्रदेश सरकारले दश वर्षे कृषि रणनीति तयार पार्दै

सुर्खेत – कर्णाली प्रदेश सरकारले टुक्रे आयोजनाबाट प्रतिफल नआउने भएपछि