निर्वाचन लक्षित नौ समिति गठन  | Khabarhub Khabarhub

निर्वाचन लक्षित नौ समिति गठन 


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिमकोट– नेकपा एमाले हुम्लाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै वडादेखि जिल्ला तहसम्म नौ वटा समिति गठन गरेको छ । एमालेले चुनावी प्रचार प्रसारका लागि नौ वटा उपसमिति गठन गरेको हो । पार्टीको पाँचौँ विस्तारित बैठकले समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको सिमकोट एमालेले जनाएको छ ।

एमाले बैठकबारे जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उपलब्ध गराइएको विवरणमा पार्टी अध्यक्ष कलबहादुर हमालको संयोजकत्वमा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

एमाले बैठकले प्रदेश सभा क्षेत्रअनुसार १ नम्बरका इन्चार्ज ज्ञानी बुमीको संयोजकत्वमा २०१ र २ नम्बरका इन्चार्ज महेन्द्रबहादुर शाहीको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन क्षेत्र परिचालन कमिटी गरेको छ ।

गाउँपालिकास्तरमा पनि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा नाम्खा गाउँपालिकामा तोपछिरिङ लामा, सिमकोटमा चीन रावत, खार्पुनाथमा प्रकाशबहादुर शाही, सर्केगार्डमा भीमबहादुर शाही, चंखेलीमा टेकबहादुर शाही अदानचुलीमा बुध भण्डारी र ताँजाकोटमा नरदीप थापाको संयोजकत्वमा १०१ सदस्यीय सबै गाउँपालिकामा कमिटी गठन गरिएको छ ।

त्यसैगरी जिल्ला कमिटी सचिव तीर्थराज बोहराको संयोजकत्वमा ५५ सदस्यीय चुनाव प्रचार प्रसार कमिटी गठन गरिएको छ । बैठकले पार्टी उपसचिव चन्द्रप्रकाश ढकालको संयोजकत्वमा तीन सदस्यीय आर्थिक परिचालन कमिटी, युवा संघका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज उपेन्द्र शाहीको संयोजकत्वमा ३०१ सदस्यीय स्वयंसेवक परिचालन कमिटी गठन गरेको छ ।

त्यसैगरी, प्रदेश सभा निर्वाचनका लागि १ नम्बरको सम्पर्क कार्यालय अदानचुली गाउँपालिकाको श्रीनगर २ नम्बरका लागि सिमकोटमा सम्पर्क कार्यालय सञ्चालन गर्ने र उपसचिव ढकालको संयोजकत्वमा पाँच सदस्यीय सांस्कृतिक कार्यक्रम व्यवस्थापन कमिटी गठन गर्ने निर्णय बैठकले गरेको सचिव बोहराले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ६ : २४ बजे

डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते

डोटी– केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

आजदेखि सप्तकोशीमा डल्फिन गणना सुरु

इटहरी– कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको

यातायात बन्दको मारमा परेका यात्रुलाई स्कर्टिङ गरेर पठाइयो (तस्बिरहरू)

काठमाडौं– पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनको लागि स्कर्टिङ्ग गरिएको

‘ज्ञानेन्द्र सिधै मैदानमा आउनुपर्‍यो, जवाफ चाहियो’

०६३ सालको बैशाख ११ गते शाही घोषणा भइसकेपछि महाराजगञ्जस्थित गिरिजाप्रसाद

पीएसजीले च्याम्पियन्स लिग जितेपछि के भने किलियन एम्बाप्पेले ?

पेरिस- इटालियन क्लब इन्टर मिलानलाई एक पक्षी ५-० को नतिजामा