बेलायती प्रधानमन्त्री लिजद्वारा पदबाट राजीनामा « Khabarhub

बेलायती प्रधानमन्त्री लिजद्वारा पदबाट राजीनामा


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छिन् । बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै प्रधानमन्त्री ट्रसले पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

पछिल्ला केही दिनयता आफ्नै पार्टी र मन्त्रिपरिषद्का सदस्यहरूले उनको नेतृत्व प्रति असन्तोष व्यक्त गर्दै आएका थिए । बुधबार मात्रै बेलायती गृहमन्त्री सुएला ब्रेभरम्यानले राजीनामा दिएकी थिइन् ।

४५ दिनअघि प्रधानमन्त्री बनेकी ट्रसले आफ्नो राजीनामाबारे राजा चार्ल्स तृतीयलाई जानकारी गराएको बताएकी छिन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले यसै साता नयाँ प्रधानमन्त्री चयन गर्ने अपेक्षा गरिएको छ ।

नयाँ प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले नै बेलायती प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ७ : १३ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल