कर्णालीमा यातायात तथा हवाई सेवालाई सहज बनाउन आग्रह « Khabarhub

कर्णालीमा यातायात तथा हवाई सेवालाई सहज बनाउन आग्रह


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिराका कारण कर्णाली प्रदेशको ‘कर्णाली राजमार्ग’ तत्काल सहज बनाउन आग्रह गरेको छ ।

आयोगका सहसचिव डा टीकाराम पोखरेलले २०७९ असोज २१ गतेदेखि अवरुद्ध जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित भई नागरिकको आवतजावतमा कठिनाइ उत्पन्न भएको उल्लेख गर्दै उक्त आग्रह गरेको जानकारी दिए ।

आवतजावतमा देखिएको समस्याका कारण दसैँ मनाउन घर गएका नागरिक गन्तव्यस्थलमा फर्किन नपाएको परीक्षार्थी परीक्षा स्थलमा पुग्न नपाइरहेको, आकस्मिक उपचारको आवश्यक परेका बिरामी तथा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी समस्यामा परेको आयोगले जनाएको छ । हुम्लामा चामलको भण्डारण सकिएको एवं जुम्लामा करिब सात सय र मुगुमा करिब एक सय ५० जना नागरिक अलपत्र अवस्थामा रहेको पाइएको छ ।

आयोगले आज नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग आज छलफल गर्नुका साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग आवश्यक जानकारीसमेत लिएको छ ।

आयोगले कर्णालीमा अलपत्र परेका नागरिक विशेषतः सुत्केरी, गर्भवती, बिरामी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, परीक्षार्थीलाई तत्काल विशेष व्यवस्था गर्ने, वायुसेवा कम्पनीलाई जिम्मेवार बनाउन आग्रह गरेको छ ।

साथै, उडान सङ्ख्या थप गर्ने, उडान नियमित गर्ने, हवाई टिकट पारदर्शी बनाउने, टिकट वितरण प्रणाली पहुँचयुक्त बनाउने, दुर्गम पहाडी तथा हिमाली जिल्ला हवाई सेवा समस्या समाधानका लागि तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने नीतिगत तथा कार्यगतलगायतका विषयमा आयोगले प्राधिकरणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  १० : ४२ बजे

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको