भारतको नरभक्षी बाघ नेपाली प्राविधिक टोलीद्वारा नियन्त्रण « Khabarhub

भारतको नरभक्षी बाघ नेपाली प्राविधिक टोलीद्वारा नियन्त्रण


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

चितवन – भारतमा नौ जना मान्छे मार्ने बाघ नियन्त्रणका लागि नेपाली प्राविधिक टोली भारत पुगेको छ। भारतको बाल्मिकी टाइगर रिजर्भको अनुरोधमा चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली भारत पुगेर बाघ नियन्त्रणमा लिन सहयोग गरेको हो। बाल्मिकी टाइगर रिजर्भ बिहार प्रदेश पश्चिम चम्पारण जिल्लाको उत्तर–पश्चिमी भागमा अवस्थित छ।

चम्पारण जिल्लाको वेतिया गोवरदन भन्ने स्थानमा पुगेर बाघ नियन्त्रणका लागि प्राविधिक सहयोग गरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले बताए। निकुञ्जको सीमावर्ती क्षेत्रमा पसेको बाघले पटक–पटक मान्छे मारेपछि सहयोगका लागि चितवन राष्ट्रिय निकुञ्जलाई अनुरोध गरिएको थियो। यहाँबाट डा श्रेष्ठको नेतृत्वमा प्राविधिक किरण रिजाल, तीर्थ लामा, टीका थारू, रमेश चौधरी र तेन्जिङ चौधरी गत असोज २६ गते त्यसतर्फ गएका थिए। बाघ रहेको स्थान ‘लोकट’ गरेर दुई हात्तीको साहयताले नियन्त्रणमा लिइएको डा श्रेष्ठले बताए। धेरै मान्छेको ज्यान लिइसकेकाले भारत सरकारको निर्देशनमा सो बाघलाई नियन्त्रणमा लिएपछि उनीहरुले सुट गरेर मारेको उनले जानकारी दिए।

‘एक महिनादेखि त्यहाँको प्राविधिक टोली बाघ नियन्त्रणका लागि खटिएको थियो, तर नसकेपछि हामीसँग सहयोग मागिएको हो’, उनले भने, ‘बाघले मान्छे निरन्तर मारेपछि त्यहाँका स्थानीय र प्रहरी प्रशासनबीच द्वन्द्व चलेको थियो।’ बाघले यति धेरै मान्छे मारेको चम्पारण जिल्लामा पहिलो घटना हो। यो क्षेत्र नेपालको ठोरी नाकाबाट करिब ७० किलोमिटरको दूरीमा पर्छ।

पहिलोपटक नेपालको प्राविधिक टोली भारत पुगेर वन्यजन्तु नियन्त्रणमा लिन सहयोग गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए। ‘वन्यजन्तुको उद्धारमा हाम्रा प्राविधिकको अनुभव धेरै छ’, उनले भने, ‘त्यहाँ महिनौँसम्म नियन्त्रणमा लिन नसकेको बाघ यहाँका प्राविधिक पुगेको केहीबेरमै नियन्त्रणमा आयो।’

विसं २०७४ मा यहाँबाट बगाएर भारत पुर्‍याएको गैँडा यहाँका प्राविधिकहरू नै पुगेर डार्ट गरेर ल्याएका थिए। त्यसबाहेक यहाँका प्राविधिक भारतमा वन्यजन्तु उद्धार र नियन्त्रणमा लागि गएका छैनन्। चितवन राष्ट्रिय निकुन्जमा वन्यजन्तु उद्धार र नियन्त्रणका लागि आठ जना प्राविधिक छन्। खुला सिमानाका कारण चितवन राष्ट्रिय निकुञ्ज र बाल्मिकी टाइगर रिजर्वमा बाघ ओहोरदोहोर गर्ने गर्छन्। बाल्मिकी टाइगर रिजर्भमा ५१ बाघ छन् भने चितवन राष्ट्रिय निकुन्जमा एक सय २८ बाघ छन्।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : २० बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही