रासायनिक मल उपलब्ध गराउन किसानको माग « Khabarhub

रासायनिक मल उपलब्ध गराउन किसानको माग


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरूपमा मल आपूर्ति गर्न पाँचखालका किसानले काभ्रेपलाञ्चोक प्रशासनसँग माग गरेका छन् । उनीहरुले मल आपूर्तिका लागि सङ्घर्ष समिति गठन गरी पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्रसमेत बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र नगर उपप्रमुख सूर्यमाया दनुवारलाई सयौँ सङ्ख्यामा उपस्थित किसानले ध्यानाकर्षणपत्र बुझाउँदै एक वर्षदेखि रासायनिक मल अभाव झेल्दै आएकाले हालको आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा पनि मल सहज आपूर्ति नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।

उनीहरुले बिहीबार पाँचखाल बजार र सदरमुकाम धुलिखेलमा मल माग गर्दै र्‍यालीको आयोजना गरी ध्यानाकर्षणपत्र बुझाएका थिए । प्रजिअ पाण्डेले किसानको ध्यानाकर्षणपत्र बुझ्दै किसानको समस्याप्रति आफू निकै गम्भीर भएको र समस्या समाधानार्थ केन्द्रीय निकायमा सहजीकरण गर्ने बताए ।

तिहारअघि रासायनिक मल सहजरूपमा उपलब्ध रासायनिक मल आपूर्ति सङ्घर्ष समितिका संयोजक ज्ञानबहादुर थापाले माग गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : २२ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही