भाइ मसलाको मूल्य बढ्याे « Khabarhub

भाइ मसलाको मूल्य बढ्याे


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- तिहारमा बढी खपत हुने मसलामध्ये काजुको भाउ गत वर्षको तुलनामा प्रतिकिलो २ सय रुपैयाँले बढेको छ। गत वर्ष प्रतिकिलो १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा बिक्री भएको काजुको भाउ अहिले खुद्रामा १ हजार ६ सयदेखि १ हजार ८ सयसम्म पर्छ । पेस्ता प्रतिकिलो २ हजार १ सयदेखि २ हजार २ सय रुपैयाँसम्म पर्छ ।

सुकुमेलको मूल्य भने गत वर्षको तुलनामा १२ सय रुपैयाँ घटेको छ । गत वर्षको तिहारमा प्रतिकिलो ४ हजार २ सय रुपैयाँसम्म पुगेको सुकुमेलको भाउ यसपालि प्रतिकिलो ३ हजार रुपैयाँमा आइपुगेको छ ।

अन्जिर प्रतिकिलो १ हजार ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पर्ने र खुर्पानी प्रतिकिलो ७ सय रुपैयाँदेखि ८ सय ५० रुपैयाँसम्म पर्ने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठको भनाई छ ।

बदाम प्रतिकिलो १ हजार २५० रुपियाँदेखि १ हजार ३५० रुपैयाँसम्म, किसमिस ५ रुपैयाँ प्रतिकिलोदेखि ६ सय रुपैयाँसम्म र नरिवल प्रतिकिलो ५५० रुपैयाँमा बिक्री हुँदै आएको श्रेष्ठले बताए।

तिहारमा समान्यतया, ‘ड्राईफ्रुट्स’ प्रयोग हुने र ड्राईफ्रुट्सको आयात डलरमा हुने भएकाले पनि तिहारमा भाइमसलाका रूपमा प्रयोग हुने बस्तुको भाउ बढेको व्यवसायीहरूको भनाइ छ ।

अहिले डलरको भाउ बढेकाले भाइमसलाका रूपमा प्रयोग हुने बस्तु आयात गर्दा डलरमै पैसा तिर्नुपर्ने भएकाले अहिले भाइमसलाको भाउ बढेको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : २० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान