‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’ « Khabarhub

‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आमनागरिक एवं मतदातासमक्ष निर्वाचनको गतिविधि पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समितिको सहकार्यमा आयोगद्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को सन्दर्भमा ‘प्रदेशस्तरीय सञ्चारमाध्यमसम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

निर्वाचनमा अनावश्यक खर्च कटौती गर्न व्यावहारिक हिसाबले बनाएको निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा टुलुटुलु नहेर्ने भन्दै प्रमुख आयुक्त थपलियाले भने, ‘आचारसंहिता उल्लङ्घनको विषयमा स्पष्टीकरण सोध्नु कारबाही होइन ।’ समयमै निर्वाचन खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार छ सय २४ उम्मेदवारलाई कारबाही गरेको उल्लेख गर्दै उहाँले निर्वाचनमा उम्मेदवारले मतदातालाई लोभ, लालच एवं प्रलोभन देखाउन नहुने कुरामा जोड दिए ।

उनले मतलाई बदर हुन नदिन मतदाता शिक्षा सामाजिक सञ्जालबाट पनि सुरु गरेको बताउँदै असल जनप्रतिनिधि छान्न पद, पैसा, पहुँच र प्रलोभनमा पर्नु नहुने बताए । राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न निर्वाचन महत्वपूर्ण छ भन्दै प्रमुख आयुक्त थपलियाले स्वतन्त्र अभिव्यक्ति र निर्वाचन स्वच्छता लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे ।

सिद्धान्त, निष्ठा र विचारले निर्वाचन स्वच्छ एवं पारदर्शी हुने भन्दै प्रमुख आयुक्तले सञ्चारमाध्यमले निर्वाचनको गरिमा बढाउन सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनलाई स्वच्छ, भयरहित, पारदर्शी एवं स्वतन्त्र बनाउन सुरक्षाका सबै एकाइ परिचालन हुने जानकारी दिए ।

मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन क्षेत्रमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनका सबै काम सौहार्दपूण वातावरणमा भइरहेको सुनाए । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनमा सञ्चारमाध्यमले स्वनियमन गर्ने परम्परा पनि बसाल्न आग्रह गर्दै सञ्चारमाध्यमले निर्वाचनको विधि र प्रक्रियालाई आत्मसात् गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १२ : १५ बजे

नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली

अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

काबुल – अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

इलाम गोल्डकप : मछिन्द्र फाइनलमा

इलाम – मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको

भक्तपुर मालपोत कार्यालयबाट ११ जना विचौलिया पक्राउ

भक्तपुर – भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश