राजु गुरुङको मुद्दा न्यायाधीशद्वय खतिवडा र रेग्मीको संयुक्त इजलासमा « Khabarhub

राजु गुरुङको मुद्दा न्यायाधीशद्वय खतिवडा र रेग्मीको संयुक्त इजलासमा


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुपन्देही २ बाट एकीकृत समाजवादीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु गुरुङको मुद्दा शुक्रबार संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । गुरुङको मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा सुनुवाइ हुने भएको भएको छ ।

चेक अनादर र उनको निर्माण कम्पनी कालोसूचीमा परेको भन्दै रुपन्देही २ को निर्वाचन अधिकृत कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आफ्नो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि सर्वोच्चले उनको मुद्दामा अल्पकालीन आदेश जारी गर्दै उम्मेदवारी कायम राख्न आदेश दिएको थियो । सोअनुसार निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी कायम राख्ने निर्णय गरेको थियो ।

रुपन्देही २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । गुरुङ सत्तागठबन्धनका साझा उम्मेदवार हुन् । यदि गुरुङको उम्मेदवारी खारेज भएमा पौडेलको जित सुनिश्चित हुने देखिन्छ । तर, उजुरी नै नपरीकन निर्वाचन अधिकृत घनश्याम गौतमले मध्यराति उम्मेदवारी खारेज गरेको भन्दै बद्नियत देखिएको एकीकृत समाजवादीले आरोप लगाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ११ : ५९ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद